साङयुलगाउँमा पहिराेकाे त्रास गाउँले रातभर जागै

Sanyul Landslide

वर्षातका कारण गएराती नाैकुण्ड गाउँपालिका-१ काे  साङयुलगाउँमा पहिराेकाे त्रासले रातभर स्थानीय जाग्राम बसे । रातभर भीषण वर्षात भएपछि गाउँ बगाउने त्रासले गाउँले भागेका थिए ।

स्थानीय निमा  तामाङका अनुसार साङयुलगाउँका २४ घरका सवैजना रातभर सुत्न पाएनन् । माथिबाट पहिराे जानथालेपछि गाउँ बगाउने डरले  त्रारले रातभर नसुतेकाे उनले बताए । ०७२ सालकाे विनाशकारी भूकम्पकाे कारण २४ परिवारकाे विस्थापित भएका थिए । उनीहरूलाइ लाङबुमा एकीकृत बस्ती बनाउने याेजना राष्ट्रिय पुननिर्माण प्राधिकरणले समयमा बस्ती स्थानान्तरण गराउन नसकेकाेले  उनीहरूकाे गुनासाे छ । हामी विस्थापित माथि फेरी विस्थापित हुने स्थिती छ निमाले भने भरे रातभर पानी परेमा बसिरहेका छाप्रा बगाउने अवस्था छ ।

लकडाउनका कारण राष्ट्रिय पुननिर्माण प्राधिकरणले बस्ती स्थानान्तरण गर्न ढिलाइ भएकाे जनाएकाे छ । रातभर भागेर उनीहरू थाङदाेर साइडकाे डाडाँमा रात जग्राम बसेका थिए । गाइबस्तु कहाँ लैजाने तनाव भएकाे छ । गाउँमा २ सय जना रहेका छन् । दिउँसाे गड्याङ गुडुङ गर्न, पानी गर्न थालेपछि वा चट्याङ परेपनि गाउँले घर छाडेर भाग्नु पर्ने स्थानीय दावा तामाङले बताए ।

धेरै ठाउँमा वर्षातका पहिराेले दु:ख दिएकाे सूचना पाएकाेले भाेलिदेखि नै पहिराे क्षेत्रमा स्थलगत अनुगमन गर्ने नाैकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताउनुभयाे ।

Comments

comments