कालिका गाउँपालिकामा साझा सभा सम्पन्न

Sajha bahas 6 (1)

रसुवा । सामूदायिक विकास केन्द्र नेपालको सहजिकरणमा जिल्लाको कालिका गाउँपालिकामा साझा सभा कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्टको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता सामुदायिक विकास केन्द्र, नेपालको अध्यक्ष नारायणप्रसाद नेपालले गर्नुभएको थियो भने कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष , जिल्ला समन्वय सदस्यहरु, कार्यकारी अधिकृत तथा उत्तरगया र कालिका गाउँपालिकाका वडा अध्यक्ष विषयगत कार्यालयका प्रमुख /प्रतिनिधी कर्मचारी सहित २ पालिकाका विभिन्न ठाउँबाट आएका सहभागि नागरिक गरी करिब ६० जनाको उपस्थित थिए ।

सामूदायिक विकास केन्द्र नेपाल ,रसुवाका जिल्ला कार्यक्रम अधिकृत राजु आचार्यले सन्चालन गनुभएको कार्यक्रममा सहभागीहरुले समुदाय स्तरमा शिक्षा , स्वास्थ्य , कृषि , विपद् व्यवस्थापन तथा पुर्ननिमार्णसँग सम्बन्धित सबालहरुमा विषयगत कार्यालयका कर्मचारी र जनप्रतिनिधीहरुमाथि जिज्ञासा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गदै उपप्रमुख भवानीप्रसाद न्यौपानेले विगतमा लुमन्ती नामक संस्थाले पुर्नःनिमार्णमा र भूमिअधिकार मन्चले भूमिहीन , विस्थापित र विर्ता जग्गा सम्बन्धी समस्या समाधानको लागि राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराएको कुरालाई स्मरण गराउदै गैर सरकारी संस्थालाइ डलरमात्र पचाउछन् भन्ने आरोपको खण्डन गनुभयो ।

यसैबीचमा कालिका प्रमुख सीता अधिकारीले उठेका सवालहरुको जबाफ दिदैं शुसासन प्रबँध गर्न देशव्यापी रुपमा घुसखोरी कार्य नियन्त्रण गर्नुपर्ने तथा पुर्ननिमार्ण प्राधिकरणले अधिकार प्रत्यायोजन नगर्दा जनता र जनप्रतिनिधी बीचको दुरी बढाएको जिकिर गर्नुभयो । प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्ट देश अहिले आफनै उत्पादनको नयाँ फलको स्वाद् लिन लागिरहेको हुँदा कसैले यसलाई गुलियो त कसैंले तितो नमानी यो परिर्वतनको अपनत्व ग्रहण गर्नका लागि सबै जिल्लाबासीमा अनुरोध गदैं उठेका सवालको हल गर्न समन्वय समितिको तफबाट आफुले कुनै कसर बाँकी नरहने प्रतिबद्दता ब्यक्त गनुभयो ।

Comments

comments