सातौ रेडपाण्डा भलिवल प्रतियोगिताको उपाधी जुनतारालाई

Redpanda traffee (1)

धुन्चे, रसुवा ०७३ बैशाख ८ गते । २१ औं बन्य जन्तु सत्ताहको अवसरमा भएको सातौ रेडपाण्डा भलिवल प्रतियोगितामा उपाधि जुनतारा युवा क्लव ग्रे गाउँले हात पारेको छ । साता ब्यापी खेलमा बिजेता टिमलाइ प्रमुख अतिथि सांसद छोवाङ् तेन्जिन तामाङले खेलका माध्यमबाट जिल्ला र देश चिनाउन युवाहरू लाग्नु पर्ने बताउँनुभयो ।

जिल्ला विनाशकारी भूकम्पले थलिएकोले अवको पुर्न निमार्णमा सम्पुर्ण युवा एक जुट भएर लाग्न पर्ने पनि सांसद तामाङले वताउँनुभयो । एक जनाले मात्र विकास निमार्णका कार्य सञ्चालन गर्न नसक्ने भन्दै तामाङले सम्पूर्ण युवा रसुवाली एक जुट भएर लाग्न आग्ह गर्नु भयो ।

जिल्लाको, विकास निमार्णका लागि ४० करोड भन्दा बढि रकम खर्च भैसकेको र आगामी दिनमा पनि विकास निमार्णका कार्यका लागि वजेट कै कारण नरोकिने वताउनुभयो । २१ वन्यजन्तु सप्ताहको अवसरमा जिल्ला विकास समिति रसुवा र लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यलयले सप्ताह व्यापी सञ्चालन गरेको रेडपाण्डा शिल्ड भलिवल प्रतियोगिता तथा तेस्रो लाङटाङ पर्यटन तथा संरक्षण उत्सव कार्यक्रमको अवसरमा उक्त कुरा वताउँनुभएको हो ।

सांसद तामाङले लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिरहँदा पर्यटकीय क्षेत्र लाङटाङको पुर्न निमार्णप्रति सम्पूर्णको ध्यान जान जरूरी रहेको वताउँनुभयो । पर्यटकिय जिल्ला रसुवामा सम्पुर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटन मार्ग सञ्चालन गर्ने तथा संरक्षणका कार्यक्रम सञ्चालन गरेर पर्यटन व्यवसाय विस्तार गर्नुपर्ने र विकस निर्माणकार्यले जैबिक बिबिधता संरक्षमा टेवा पुग्नु पर्ने पनि सांसद तामाङले वताउनुभयो ।

भूकम्पले थिलोथिलिएको रसुवाको पर्यटन क्षेत्र विस्तारै उठ्न थालेको रहेको अवस्था छ । नयाँ वर्षको सुरूवातसँगै पहिलो दिन १ गते ७० जना पर्यटक रसुवा भित्रिएका थिए । रेडपाण्डाको अध्ययन अवलोकन प्राकृतिक मनोरम छटा ,नेपालको तेस्रो पर्यटन गन्तव्य स्थल लाङटाङ क्षेत्र, स्थानीय भेषभुषा लगायतका दृश्य अवलोकनका लागि पर्यटक रसुवा भित्रने गरेका छन । विकास निमार्ण तथा संरक्षणका लागि आम नागारिक लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले वताउँनुभयो । कार्यक्रममा बिभिन्न क्षेत्रका सहभागि थिए । जिल्ला विकार समिति र लाङटाङ राष्ट्रिय निकुञ्को आयोजनामा भएको कार्यक्रम ल्याकोस रसुवाले समन्वय गरेको थियो ।

हरेक वर्ष बैशाख १ गतेदेखि मनाइने वन्यजन्तु सप्ताहको अवसरमा वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि सप्ताह व्यापी कार्यक्रम सञ्चालन गरिदे आएको छ । कार्यक्रमको अवसरमा आज सञ्चालन गरिएको सांसद ११ विरूद्ध प्रमुख जिल्ला अधिकारी ११ मैत्रीपुर्ण भलिवल प्रतियोगितामा, सांसद टोली विजयी भएको छ । प्रतियोगितामा प्रमुख जिल्ला अधिकारीको टिमलाई ३५ विरूद्ध २९ ले हराएको हो ।

त्यसैगरी, सातौ रेडपाण्डा शिल्ड भलिवल प्रतियोगिताको उपाधी गत्लाङको जुनतारा युवा क्लव ग्रेले जितेको छ । सरमथलीको निर्कुभुमे युवा क्लवलाई हराउदै जुनताराले उपाधी जितेको हो । लिग चरणको आधारमा सञ्चालन गरिएको प्रतियोगितामा १७ टिमले भाग लिएका थिए । कार्यक्रमले बिश्वमै दुर्लभ रेडपाण्डा तथा समग्र प्रकृति संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । साता ब्यापी खेल उल्लासमय बाताबरणमा भएको थियो ।

कार्यक्रमका झलक तस्वीर

Comments

comments