सात विद्यालयलाई ल्यापटप हस्तान्तरण

Naf Laptop

जिल्ला शिक्षा कार्यालयको समन्वय तथा नेपाल कृषिवन प्रतिष्ठान रसुवाको सहयोगमा रसुवा जिल्लाका धैबुङ्ग र लहरेपौवाका श्रोत केन्द्रमा रहेका सात वटा विद्यालयलाई ल्यापटप हस्तान्तरण कार्य सम्पन्न भएको छ ।

प्रतिष्ठानको समूदायको अगुवाईमा सामूदायिक पूनर्निर्माण कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा सहयोग कार्यक्रमवाट उक्त मिनि ल्यापटप हस्तान्तरण गरिएको प्रतिष्ठानका संयोजक कमल आचार्यले बताए । धैबुङ्ग श्रोत केन्द्रका श्रोत ब्यक्ति वासु लामिछानेका अनुसार बिद्यालयमा सुचना प्रबिधिलाई अवलम्वन गर्ने र कम्प्युटर प्रबिधिवाट पठन पाठन गुणस्तरमा सुधारका लागि उक्त मिनि ल्यापटपमा शैक्षिक सामाग्रीहरु सेट गरी बितरण गरिएको छ ।

राम्चेवाट सेतीभूमे मावि, लहरेपौवा गाविस वाट नारायणस्थान निमावि, ढुँगे निमावि, नवबिजयी महेन्द्र मावि धैबुङ्ग गाविसवाट बच्छलादेबी निमावि, सुन्धरा मावि र निलकण्ठ नमूना माविलाई ल्यापटप हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । श्रोत केन्द्र स्तरीय कार्यक्रमका बीच हस्तान्तरण गरिएको ल्यापटप बुझ्दै शिक्षकहरुले यसको प्रभावकारी रुपमा उपयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ भने प्रतिष्ठानले पनि यसको प्रभावकारिता हेरी अन्य विद्यालयमा सहयोग गर्ने बताईएको छ ।

Comments

comments