साना किसान सहकारी १३ लाख नाफामा

75271421_2390907181123631_4658294732940640256_n

रसुवा, कार्तिक १६ गते ।  कालिका साना किसान सहकारी संस्थाले आव ०७६/०७६मा १३ लाख४४ हजार ६ सय ८ रुपैयाँ खुदनाफा आर्जन गरेको छ ।74345767_2390906874456995_7794559919260172288_n

धैबुङ कालिका सानाकिसान सहकारी संस्थाको आठौं वार्षिक साधारण सभामा अध्यक्ष विष्णुप्रसाद पौडेलले २०६८ असोज ४ गते स्थापना भएको सहकारीको ८ सय ७२ जना सेयर सदस्य र ५७ लाख २२ हजार सेयरपुँजी रहेको जानकारी दिनुभयो ।

प्रमुख अतिथि संबिधान सभा सदस्य जनार्दन ढकालले जानताको हितहुने खालको काममा लाग्न सहकारीले प्रेरित गरेको र आफ्नो समेत पहलमा शितगृह निर्माण थालनी भएको बताउनुभयो । स्थानीय सहकारीले आयमुलक कृषि तथा पशुपालनमा लगानी गर्न जोड्दिदै शितगृहले धेरै किसानलाइ राहत पुग्ने उहाँले बताउनुभयो ।74457033_2390906961123653_2984690181216403456_n

कार्यक्रममा कालिका गाउँपालिका उपाध्यक्ष भवानी न्यौपाने, वडा अध्यक्ष बिक्रम लोप्चन, साना किसान बैकका हरि न्यौपाने, जिल्ला कृषि सहकारी संघ अध्यक्ष टिका देवकोटा, गन्तव्य यातायात सहकारीका अध्यक्ष उद्धव रिजाल, कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झंकनाथ न्यौपाने, सेयर सदस्यहरु भवनाथ न्यौपाने, विष्णु देवकोटाले आफ्नो धारणा राख्नुभएको थियो ।

Comments

comments