सान्जेन कम्पनीकाे सेयर ११ लाख कित्ताकाे लागि स्थानीयकाे आवेदन

Sajnen Hydro

रसुवा, भदाै २४ गते ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेड कम्पनीले प्रभावित स्थानीयवासीलाई निष्कासन गरेको हिजो भदौ २० गते सोमबार साँझ सम्ममा सेयरका लागि ११ लाख कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

भदौ २३ गतेसम्ममा कम्पनीको सेयर ११ लाख ३ हजार ४ सय ३० कित्ता सेयर आवेदन गरेका छन् ।  माथिल्लो सान्जेनबाट १४.८ र तल्लो सान्जेनबाट ४२.५ मेगावाट जलविद्युत उत्पादन हुने सान्जेन जलविद्युत कम्पनी लिमिटेड कम्पनीले प्रभावित स्थानीयवासीलाई ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिएको छ । सेयर आवेदन भदौ ५ गतेबाट खुल्ला गरिएको हो ।

सान्जेन जलविद्युत आयोजना निर्माणबाट निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्यून प्रभावितमा वर्गिकरण गरी ४.२५, ३.०, १.५ र १ अनुपातमा बाँडफाँड हुने कम्पनी सचिव घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । आमाछोदिङमो गाँउपालिका-५ चिलिमे अति प्रभावित, आमाछोदिङमो गाँउपालिका-४ गोल्जुङ प्रभावित, आमाछोदिङमो गाँउपालिकाका बाँकी वडाहरु सामान्य प्रभावित र बाँकी सम्पूर्ण जिल्लाबासीलाई न्यून प्रभावितमा वर्गिकरण गरिएको छ ।

Comments

comments