सान्जेन जलविद्युतको आईपीओले कति पायो इक्रा रेटिङ् ?

IPO-RASUWA

काठमाडौं, भदौ १४ । चिलिमे हाइड्रोपावरको सहायक कम्पनी सान्जेन जलविद्युत् कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयर (आईपीओ) ले ग्रेड ४ प्लस रेटिङ् पाएको छ । जसले कम्पनीको आधारभूत पक्ष केहि सकारात्मक रहेको जनाउछ ।

सान्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको हो । शेयर निष्काशनका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । नागरिक लगानी कोष र सान्जेनवीच आइतबार शेयर निष्काशन सम्झौता भएको हो ।

३ अर्ब ६५ करोड जारी पुँजी रहेको कम्पनीले साधारणको शेयर स्वामित्व ४९ प्रतिशत हुनेगरी शेयर निष्काशन गर्न लागेको हो । जसमा परियोजना निमार्णका लागि ऋण दिने कर्मचारी सञ्चय कोष, कोषका कर्मचारी, तथा स्थानीबासीलाई ३४ प्रतिशत शेयर दिने बाँकी १५ प्रतिशतमा मात्रै आम सर्वसाधारणले लगानी गर्न पाउनेछन् ।

पहिलो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ ८७ लाख ६० हजार कित्ता शेयर निष्काश गर्ने छ । पहिलो चरणमा समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक शेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिशत र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिशत शेयर निष्काशन हुनेछ ।

परियोजना निमार्णका लागि सञ्चय कोषले ३ अर्ब ६५ करोड रुपैयाँ ऋण दिएको छ । सञ्चय कोषलाई साढे १९ प्रतिशत शेयर दिने सम्झौता २०६७ सालमा नै भएको बताइएको छ । रसुवामा अवस्थित सान्जेन जलविद्युतले १४.८ मेगावाट माथिल्लो सान्जेन र ४२.५ मेगावाटको तल्लो सान्जेन निर्माण गर्दैछ ।

http://aarthiknews.com

Comments

comments