सामाजिक संस्थाकाे सहयाेगमा गाउँमै सेनिटरी प्याड उद्योग

139644148_3568099189953318_5446641672351696634_n

रसुवा, चैत ९ गते । कालिका गाउँपालिका वडा नं १ ग्राङका स्थानीय महिलाले सेनिटरी प्याड निर्माण गरी बजारमा ल्याएका छन् । उत्पादन भएको सेनिटरी प्याड बिक्री हुन थालेपछि महिला उद्यमी उत्साहित भएका छन् ।157811457_899733940813349_91082699230199015_n

एक सामाजिक संस्था  जनजागृती महिला समुहले सेनिटरी प्याड बनाउने तालिमका लागि बुटवल पठाएपछि तालिम लिएपछि गाउँ फर्केर व्यवहारमा उतार्ने काम गरेका छन् । बजारमा पाउने भन्दा राम्रो सुति कपडा प्रयोग गरेर तयार भएको सेनिटरी प्याड प्रयोग गर्न सहज हुने भएकोले यहाँ तयार भएको प्याड बिक्री हुन थालेको उद्यमी लासा घलेले बताउनुभयो । उहाँले जिल्लाको पहिलो सेनिटरी प्याड उत्पादन उद्योग खोल्नु भएको हो ।

कालिका गाउँपालिका–१ ग्राङ गाउँकी २४ वर्षीया लासा घले पेशाले कृषक हुनुहुन्छ । कमजोर आर्थिक अवस्थाका निर्वामूखी खेतीबाट माथि उठ्न त के वर्षमा ३ महिना पनि खान पुग्ने उत्पादन नहुने अवस्थामा उहाँले विदेश जाने निधो समेत गर्नुभयो तर मिलेन । १९ वर्षको उमेरमा बिबाह भयो । जन्मेका सन्तान पनि कमजोर स्वास्थ्य अवस्थाका छन् । उनीहरूको उपचारका लागि समेत खर्च भएन । कसरी जिवीका धान्ने भन्ने विषयमा सोच्दै गर्दा गाउँमा जनजागृती महिला समुहले वडा कार्यालयमार्फत गरिब, विपन्न, केरुङबाट फर्केका किशोरीहरू तथा अपाङ्गता भएकालाई सेनेटरी प्याड बनाउने तालिम हुने कुरा भएपछि मैले पनि इच्छा गरे । सिक्ने इच्छा भएको कोभिड–१९ को जोखिम मोलेर अपाङ्गता भएको बच्चा काखमा च्यापेर सेनेटरी प्याड बनाउने तालिम लिन बुटवल पुगियो । अहिले व्यवसायिक रुपमा व्याड निर्माण गर्न अघि बढेको छु तामाङले भन्नुभयो । बुटवल स्थित तिलोत्तमा नपा–१ रुपन्देहीमा सेनिटरी प्याड बनाउने तालिममा सहभागी भएर हाम्रो समूह उत्कृष्ठ भयो । अहिले म प्याड उत्पादन गरेर बेच्दै छु । यसले आम्दानी लिन थालेको छु यसमै रमाइलो छ ।139409502_698216057522879_5544408373065680447_n

तालिममा कालिका १ र २ बाट १० जना जना सहभागी थिए । तालिम पछि उनीहरुले प्रयास पुनः प्रयोग तथा वातावरणमैत्री सेनिटरी प्याड उत्पादन केन्द्र दर्ता गरेका छन् । सिकेको सिपको सदुपयोग गर्ने स्थानीय फुर्पा याङजेन तामाङले बताउनुभयो । यसरी तयार गरिएको प्याडको भित्री कपडा धोएर पुनः प्रयोग गर्न मिल्ने र वातावरण मैत्री भएको उहाँले बताउनुभयो । गाउँपालिका र वडा कार्यालयले सहयोग गरेर अघि बढाउने आशा गरेको उहाँले बताउनुभयो ।

समूहको सामाजिक परीक्षण तथा कार्यक्रम समापनमा लैगिक हिंसा विरुद्ध सचेतनामुलक तथा पाठेघर स्क्रिनिङ क्याम्प र वालविवाह न्यूनीकरण र ५ सय घरधुरीलाई कालिका गाउँपालिकासँगको समन्वयमा कोभिड–१९ पछि राहत चामल, दाल, तेल, नुन र सेनीटरी प्याड बितरण भएको राजभण्डारीले बताउनुभयो ।

तस्वीर : सेनिटरी प्याड बनाउन्दै कालिका गापा १ राम्चेका महिलाहरू

139644148_3568099189953318_5446641672351696634_n

Comments

comments