सामुदायिक वन महासंघमा भारती

Bharati pathak (2)

काठमाण्डौं । सामुदायिक वन उपभोक्ताहरूको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)को छैठौं महाधिवेशनले महाधिवेशनले तीन वर्षे कार्यकालका लागि निर्वतमान महासचिव भारती पाठक निर्विरोध भईन् ।

निर्वतमान महसचिव पाठकको नेतृत्वमा उपाध्यक्ष भीमप्रकाश खडका, महासचिवमा कर्णालीबाट बिर्खबहादुर शाही, सचिवमा गुल्मीका ठाकुर भण्डारी, कोषाध्यक्षमा प्रदेश १ बाट पार्वता गौतमलगायत केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सवै प्रदेशबाट ४ महिला र ४ पुरूष केन्दीय सदस्यमा निर्वाचित भएपछि अधिकांस पदाधिकारी सर्वसम्मत भएका हुन् ।

प्रदेश नं ३ बाट अत्याधिक मत प्राप्त गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मकनानपुकी भारती पाठक अध्यक्षमा सर्वसम्मत भएकी हुन् । प्रदेश नं ३ बाट पाठकलागयत काभ्रेकी शान्ता न्यौपाने, काठमाण्डौकी गीता खनाल, धादिङकी शर्मिला बिसुराल विजयी भए भने पुरुषतर्फ नुवाकोटका नारायण नेपाल, ललितपुरका बालमुकुन्द घिमिरे, रामेछापका ढालबिक्रम कार्की र भक्तपूरका रामेश्वर बोहोरा छन् । उनीहरू केन्द्रीय सदस्यका लागि प्रदेशबाट निर्वाचित भएका हुन् ।

महाधिवेशनमा देशभरबाट करिब ८ सय जना प्रतिनिधि सहभागी भएका थिए । २०५२ सालमा स्थापना भएको उपभोक्ता महासंघको ६ सय पालिकामा स्थानीय महासंघ, ७७ जिल्लामा जिल्ला महासंघ, ७ वटा प्रदेशमा प्रदेश महासंघ गठन भएको कार्यक्रममा जानकारी दिईएको दिईएको थियो ।

अधिबेशनको उद्घाटन प्रमुख अतिथी वन वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, पार्टी नेताहरु , पूर्व अध्यक्ष तथा तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे, प्रदेश ३ का अध्यक्ष विनोद सापकोटा, प्रदेश २ का अध्यक्ष शोम शर्मा, महासंघका केन्द्रीय सल्लाहकार अप्सरा चापागाई, उपाध्यक्ष भीमप्रकाश खड्का, महासचिव भारती पाठक, सचिवालय सदस्य बसन्ती अधिकारी, ठाकुर भण्डारीलगायतले बोल्दै वन जोगाउने जिम्मा समुदायमा छाड्न आग्रह गरे । कार्यक्रममा देशभरबाट आएका प्रतिनिधीहरूले महासचिव भारती पाठक, कोषाध्यक्ष मञ्जु मलासी, न्यायीक समितितर्फबाट कृष्ण गौतम र लेखा तथा अनुगमन समितिकोतर्फबाट नेत्रहरि भण्डारीद्धारा प्रस्तुत प्रतिबेदन पारित भरेका थिए ।

देशभरका २२ हजार २ सय ६६ सामुदायिक वनले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर वन क्षेत्र ओगटेका छन् । एक करोड ५० लाख स्थानीय उपभोक्ताहरू क्रियाशिल छन् । महासंघमा नेतृत्व गर्ने पाठक दोस्रो महिला हुन् । यस अघि अप्सरा चापागाईले नेतृत्व गरेकी थिईन् । फेकोफनको राष्ट्रिय कार्यसमितिमा दुई महिला पदाधिकारी रहेका छन् । असोज १५ गतेदेखि सुरु भएको फेकोफनको राष्ट्रिय महाधिवेशन १८ गते सम्पन्न भएको हो ।

फेकोफनमा सबै प्रदेशबाट ८/८ जना, महिला, दलित, मुस्लिम, अपांगता भएका तथा सीमान्तकृत समुदायको समेत प्रतिनिधित्व गराउने प्रावधान छ । छैठौं महाधिवेशनमा अन्य केन्द्रीय सदस्य तथा समावेशी सदस्य चयनको पहल भइरहेको छ । महासंघमा निर्वाचित ८२ र तीनजना मनोनित गरी जम्मा ८५ जना केन्द्रीय सदस्य रहने छन् । अधिबेशनमा महासंघको बिधान ०५२ को छैठो संशोधन ०७५ माथि छलफल समेत भएको थियो ।

Comments

comments