सामूदायिक मेल मिलाप कार्यक्रम अभिमुखिकरण सम्पन्न

dhunche r

धुन्चे, रसुवा
प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको आयोजनमा दिगो शान्तिका लागी उन्नत सम्बन्ध , सामूदायिक मेल मिलाप कार्यक्रम जिल्ला स्तरिय सरोकारवाला अभिमुखिकरण गोष्ठी धुन्चेमा सम्पन्न भयो ।

कार्यक्रममा केन्द्रका तर्फबाट उज्वल आचार्य , केन्द्रका स्रोत ब्यक्ति नेत्र धिताल र जिल्ला अदालतका श्रेस्तेदार ढाकाराम पौडेलको कार्यपत्र माथि छलफल भएको थियो ।
नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङ , प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल लगायत बिभिन्न सरोकारवालाहरुले कार्यक्रममा आफनो धारणा राख्नु भएको थियो ।

विनाशकारी भूकम्प पछि बिभिन्न किसिमका बिवाद समाधान तथा मेलमिलापका प्रयास गरेको , रसुवाको १८ गाविसमा केन्द्रले समूदायमा आधारित मेलमिलाप आधारभूत तालिम आयोजना गरेको , दश स्थामा संवाद कार्यक्रम गरेको जानकारी दिईएको थियो ।

Comments

comments