सार्वजनिक निजी क्रियाशील समूहको बैठक सम्पन्न

cdc

रसुवा । सामुदायिक विकास केन्द नेपालको आयोजनामा रसुवाको सार्वजनिक निजी क्रियाशील समूहको बैठक कालिका गाउँपालिकामा बिहिबार सम्पन्न भयो ।

उत्तरगाया र कालिका गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा जनप्रतिनिधी सहभागी कार्यक्रम जिल्ला समन्वय समितिका सदस्य कृष्णप्रसाद सुबेदीको अध्यक्षतामा भएके कार्यक्रममा सिडिसी नेपालका अध्यक्ष नारायण नेपाल, कार्यक्रम संयोजक लक्ष्मी फँुयाल, कालिका गाउँपालिका अध्यक्ष सीता अधिकारी, उपेन्द्रराज लम्सालले आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा मित्र समाजका सुशासन तथा क्षमता विकास विज्ञ कर्ण नेपालीले सामाजिक जवाफदेहिताका औजारहरुको व्यवहारिcdcक प्रयोग विषयमा सहजीकरण गर्नुभएको थियो ।

उत्तरगया गाउँपालिकामा विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका निर्माणमा पैरवी गर्न आवश्यक समन्वय गर्ने र कालिका गाउँपालिका भित्रका विद्यालयमा विद्यार्थीहरुको नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिने विषयमा छलफल भएको थियो ।

सिडिसी नेपालका कार्यक्रम सम्याेजक राजु अाचार्यले सञ्चालन गरेकाे  कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष सीता अधिकारीले पुनर्निमाणमा जनताको अपेक्षा रहेको तर कानुनले अधिकार नदिएको बताईन् । जनताको सेवामा हामी सदैव सकरात्मक रहेको उनले बताएकी थिईन् । उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्रराज लम्सालले कार्यक्रमबाट शिकाई मिलेको बताउँदै उठेका सवालहरुमा गाउँपालिकाले ध्यान दिने बताए ।

तस्वीर : निशा निराैला

Comments

comments