नेकपा प्रचण्ड -नेपाल पक्षकाे बिराेध पत्र पेस

135787070_228006192109391_5475707731718839701_n

रसुवा, प्रधानमन्त्री केपी शर्माले संबिधानकाे उलंङ्घन गरी संसद बिघठन गरेकाे भन्दै नेकपा प्रचण्ड नेपाल पक्षधर नेताहरूले जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबार बिराेध पत्र पेस गरेका छन् । 135787070_228006192109391_5475707731718839701_n

संबिधान अध्ययन गर्न र प्रधानमन्त्रीले असंबैधानिक कदम क्षमा मागेर प्रतिनिधीसभा सुचारू गर्न माग गरेर रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तमार्फत केन्द्रीय नेता बिमला सुवेदी र माधव अर्यालले  बिराेध पत्र बुझाएका हुन् । बिराेध पत्र पेस गरी जिल्ला प्रशासन गेटमा  नारा जुलुस गरी एक सभा समेत गरेका थिए ।

संसद् विघटनविरूद्ध विभिन्न संघर्षका कार्यक्रम गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले रसुवाको जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको छ।

नेकपा प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। जसअनुसार सबै जिल्लाका प्रशासन कार्यलयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने कार्यक्रम तय गरिएको थियो। कार्यक्रममा जिल्ला कमिटिका सचिव इन्द्र गौतम, जिल्ला पार्टी इन्चार्ज विमला सुवेदी, सहइन्चार्ज माधव अर्याल, नेता माधव लामिछानेलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

 

Comments

comments