सीप सिक्दै भूकम्प प्रतिरोधी घर निर्माण

Ramche-9

रसुवा । ०७४ जेठ १८ गते । रसुवाका भूकम्प प्रभावितहरु अहिले ५० दिने डकर्मी तालिम तालिम लिने क्रममा आवास निर्माण गरिरहेका छन् ।
पुनर्निर्माण सीप परियोजना रोजगार कोषको सचिवालय हेल्भेटास स्वीस ईन्टर कोपरेशन नेपालको आयोजना र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको सहयोगमा रसुवाको बिभिन्न बस्तीमा तालिम दिंदै नीजि आवास निर्माण भईरहेको छ ।

आयोजक संस्थाले सीप पनि सिकायो आफ्नो घर आफैले बनाउन पाउँदा निकै खुशी लागेको कालिका गाउँ पालिका वडा नं ३ की बोदकुमारी खतिवडाले भन्नुभयो भूकम्पले दु:ख मात्र ल्याएन घरगाउँमा नयाँ घर निर्माणले खुशी पनि ल्यायो उहाँले भन्नुभयो । त्यस्तै अर्का सहभागी लक्ष्मी न्यौपानेले आफुले तालिममा सीप सिकेर आगामी दिनमा ईट्टाको घर बनाउन सक्ने भएको बताउनुभयो । तालिममा ईटाको वाल लगाउँदै रड काटेर बिम पिलर तयार गर्न प्लस्टर गर्न समेत सिकेको बताउँनुभयो ।

सुरुमा ७ दिने तालिमा लिएका वा गाउँमा डकर्मी काम गरिरहेका १० जनाको समूह तयार गरी समुदाय कै छनौटमा २ जना भूकम्प प्रभावित आवास निर्माण तयारी गरी ५० दिनसम्म तालिमा दिईरहेको छ भने सीप विकास गरी दक्ष डकर्मी उतपादन गर्ने उद्देश्यले जिल्लाभर तालिमका क्रममा १ सय २५ वटा भूकम्प प्रतिरोधी घर बनाउने । यस क्रममा ३ सय ७५ जनाले ५० दिनको तालिम लिएर आवास निर्माणमा लागेका छन् भने २ सय ५० जना तालिमका क्रममा छन् ५० दिने तालिम पछि सिटिईभिटिबाट सीप परिक्षण समेत गरेर प्रमाण -पत्र प्रदान गरिने हेल्भेटासका जिल्ला संयोजक संजीवकुमार राईले बताउँनुभयो । उहाँका अनुसार तालिमका क्रममा ७ सय ७० जनाले तालिम लिनेछन् भने १ सय ५४ वटा घर निर्माण गरिने छ । यस अबधिमा १ सय २५ वटा भूकम्प प्रतिरोधी घर समेत निर्माण भईसकेको छ ।

गाउँ गाउँमा तालिम प्रशिक्षकका रुपमा राष्ट्रिय स्तरका दक्ष प्रशिक्षक ल्याएर भवन बिभाग , राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण , जिल्ला समन्वय समिति लगायत स्थानीय निकायसँगको समेत समन्वयमा स्वीकृत नक्सा अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण भईरहेको तालिममा सहभागिहरुलाई ५ हजार रुपैयाँ बरावरको तालिम औजार र दैनिक २ सय प्रोत्साहन भत्ता पनि प्रदान गरेको छ । तालिम प्रदायक संस्था जेनियस र क्रियटिभले तालिममा सहभागीहरुको नियमित अनुगमन गर्ने व्यवस्था छ ।

Comments

comments