सुआहाराकाे प्रगति विवरण सार्वजनिक

सुआहारा दोस्रो कार्यक्रमले गत आर्थिक वर्ष ०७५/७६ मा रसुवामा सञ्चालन गरेको कार्यक्रमको प्रगति विवरण सार्वजनिक गरेको छ । दिगो उद्यम तथा वातावरण विकास समाज सिड्स रसुवाले सोमबार धुन्चे आयोजना गरेको कार्यक्रममा गत वर्ष सञ्चालन भएका कार्यक्रम र चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रम प्रस्तुत गरेको हो ।

स्वास्थ्य र पाेषणा क्षेत्रमा काम गरिरहेकाे कार्यक्रमले हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि चार वर्षदेखि सुआहारा कार्यक्रम सञ्चालन भइरहेको छ । संस्थाले दिएको जानकारी अनुसार घरधुरी तहमा सञ्चालन गरिने कार्यक्रमको ९८ प्रतिशत काम भएको छ ।

सुनाैलाे हजार दिनका नयाँ आमाको पहिचान गरिएको छ भने हजार दिनका घरधुरीहरूमा घरभेट गरी परामर्श दिने काम पनि जारी छ । सुआहारा कार्यक्रम जिल्लाको पाँचवटै गाउँपालिकामा सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा पनि पुरानै योजनालाई निरन्तरता दिइने छ ।

Comments

comments