सुख्खा पहिरोले सुरुभित्र कामदार थुनिए

rasuwagadhi hydro

रसुवा, गोसाईकुण्ड गाँउपालिकाको वडा नं. २ तातोपानी क्षेत्र नजिक निर्माणाधिन रसुवागढी जलविधुत आयोजनाको सुरूङ मार्गस्थलको पहुँचमार्ग क्षेत्रमा असार ५ गते बेलुकी ८:३० बजे अकस्मात सुख्खा पहिरोले  १७ जना  मजदुर सुरूङमार्ग थुनिएका छन् ।

खस्दा एक जना कामदार सामान्य घाईते भएभने  सुरूङमार्ग स्थलमै पहिरो आएकोले सुरूङको एकसय मिटर  भित्र काम गरिरहेका कामदार १७ जना (११ जना नेपाली र ६ चिनियाँ) सुरूङमार्ग बाहिर रातको समयमा आउन नसक्ने भएकाले रसुवागढी जलविद्युत आयाेजनाकाे टनेलमा  फसेका मजदुरहरुकाे  खोज तथा उद्वारका लागि नेपाली सेना १ सेक्सन, सशस्त्र प्रहरी २० जना, जनपद प्रहरी ७ जना गरी ३८ जनाको खोज तथा उद्वार टिम घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

फसेका कामदारसंग सम्पर्क भईसकेको र टनेल भित्र सुरक्षित अवस्थामा रहेकाे र  बिहानैदेिख पहिरो पन्छाएर सुरक्षित रूपमा उद्वार थािलएकाे प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयाे । भित्र  खतराबाट मुक्त भएकाले पनि प्रहरीले जनाएकाे छ । 

Comments

comments