सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण

97808469_284372376063534_6128553108847984640_n

उत्तरगया गाउँपालिकामा रहेका सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ । सिड्स रसुवा र क्रिश्चियन एडको साझेदारीमा संचालित उत्थान परियोजनाको सहयोगमा लकडाउनको अवधिमा सुत्केरी भएका गाउँपालिका भरका सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको हो ।97808469_284372376063534_6128553108847984640_n

कोरोना भाइरसले सृजित असहज परिवेशमा उत्थानशील  परियोजनाले उतरगया गाउपालिका सग सहकार्य गरी गाउँपालिका भरिका ५ वडाका १ सय ३८ जना सुत्केरी महिलालाई पोषण युक्त खाद्य सामग्री वितरण गरिएको परियोजनाका कार्यक्रम नारायण भट्टले बताए । लकडाउनका कारण प्रभावित गर्भवती तथा सुत्केरी महिलाहरूलाई प्रति व्यक्ति ५ सयग्राम हर्लिक्स, साढे २ केजी  दाल, साढे २ किलो रहर दाल, ३ केजी चना, ३ केजी भटमास, ३ केजी केराउ र साढे २ केजी राज्मा समेत बितरण गरिएको सिड्स रसुवाकी बिजया तिवारीले बताइन् ।

उत्तरगया गाउँपालिकाको काेराेना भाइरस (कोभिड -१९)  निर्देशक समितिको बैशाख २६ बसेको बैठकले गाउँपालिकाभरिका सुत्केरी महिलालाई पोषणयुक्त सामग्री बितरण गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार लकडाउनको अवधिमा जन्मिएका नवजात शिशु र जन्म दिने आमालाई पोषणयुक्त खानेकुराको अभावमा कुपोषण हुनबाट बचाउन , शरीरमा रक्त अल्पता हुने सम्भावनालाई मध्येनजर गर्दै पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको हाे । सोही अवसरमा गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष ,विभिन्न वडाका वडा अध्यक्ष ,स्वास्थ प्रमुखले असहज परिस्थितिमा सिड्स रसुवाले अनुकरणीय काम  गरेको बताएका थिए ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधीहरू सहभागी  थिए । डाडागाउँमा भएकाे हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष चमेली गुरूङले काेराेना भाइरस (कोभिड -१९) काे प्रकाेपमा गाउँगाउँमा सुत्केरी महिलालाई पोषण युक्त खाद्य सामग्री वितरण गरेकाेमा सिड्स रसुवालाइ धन्यवाद दिएका  थिए । सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्रीले ठूले राहत मिल्ने सहभागीले बताएका थिए ।

Comments

comments