सुत्केरी हुन नसकेर मृत्यु

cropped-lantang-logo-1.png

रसुवा साउन ३१ गते । रसुवाको  पार्वतीकुण्ड गाउँ पालिका -५ चिलिमेको साङ्जेन खर्कको गोठमा एक महिलाको सुत्केरी हुन नसकेर साउन ३२ गते राति मृत्यु भएको छ ।

साविकको चिलिमे गाविस वडा नं -४ हालको पार्वतीकुण्ड गाउँ पालिका -५ का २७ वर्षीया तिपतोङ तामाङको सुत्केरी हुन नसकेर मृत्यु भएको वडा सचिव छोवाङ तामाङले बताए । उनका पति नुर्पुछिरिङ तामाङसहित परिवार नै गोठमा बस्दै आएका थिए ।

चिलिमेबाट साङ्जेन खर्क एक दिन पैदल हिडेर पुग्न सकिने स्थानमा रहेको छ । उनलाई १ दिनभरि प्रसव पीडा भएपनि स्वास्थ्य संस्था टाढा भएको कारण मृत्यु भएको बुझिएको छ । स्वास्थ्य सेवामा पहुँच नभएका कारण ग्रामीण तहमा स्वास्थ्य उपचार नपाउने समस्या विद्यमान छ ।

Comments

comments