सुमाे दुर्घटनामा ४ वर्षीया बालिका मृत्यू

sumo

रसुवा , पासाङल्हामु  सडक खण्डमा कालिकास्थानबाट धुन्चे तर्फ आउँदै गरेको गोसाईँकुण्ड गाउँपालिका -६काे ठाडेमा ना १ ज ६१७६ सुमाेले साँझ ठक्कर दिँदा हुँदा एक बालिकाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा ठाडेकी ४ वर्षीया बालिका नेबी घले रहेकी छिन्।

यस्तै घाइते हुनेमा ३० वर्षीय ऊर्जा घले, आठ वर्षीया करन, ५० वर्षीय मारग्याल्बो घले घाइते भएका छन् । घाइते एक जनाको नाम भने खुलेको छैन । यस्तै दुर्घटनामा जीप चालक दोर्जे तामाङ र अर्का एक जना पनि घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि त्रिशूली र धुन्चे पठाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले बताउनुभयो । सडकमा हिँडिरहेका पैदलयात्री जोगाउन खोज्दा ना १ ज ६१७६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो ।

 पैदल यात्री ३ जनालाई ठक्कर दिई आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०/४० मिटर तल खस्न गई दुर्घटन भएको हाे ।  प्रहरी र स्थानीयहरूको सहयोगमा घाईतेहरुलाई उद्धार गरी उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट तर्फ पठाएको, ७ जना घाईते मध्ये ५ जनाको अवस्था गम्भीर र २ जनाको स्वास्थ्य सामान्य
रहेकाे छ । आमाछोदिङ्मो गापा-५ का ३० वर्षिय छिरिङ दोर्जे तामाङ (सुमो चालक) खुट्टामा चोट अवस्था गम्भीर रहेकाे छ भने निमा दोर्जे तामाङ (टाटा सुमोमा सवार) घाईते भई छन् ।  गोसाईकुणड गा.पा. ६ का ३० की उर्जा घले (महिला) पैदल यात्री । ८ वर्षका करण घले (बालक) पैदल यात्रीकाे अवस्था गम्भीर रहेकाे छ भने नैना घले (बालिका) पैदल यात्री । अवस्था गम्भीर, उपचारको लागि त्रिशूली अस्पताल पठाइएकाे छ । टाटा सुमोमा सवार ३० वर्षका रमेश लोप्चन र
२५ वर्षकी याङचेङ घाले (महिला)काे  जिल्ला अस्पताल धुन्चे रसुवामा उपचार भएकाे छ । उनीहरूकाे अवस्था सामान्य रहेकाे पनि प्रहरीले जनाएकाे छ ।

Comments

comments