सुरक्षित आप्रवासन तथा मानव बेचबिखन बिरुद्ध परिचयात्मक कार्यक्रम सम्पन्न

रसुवा । असार १८ गते । रसुवाको भोर्ले गाविसमा सुरक्षित आप्रवासन तथा मानव बेचबिखन बिरुद्ध परिचयात्मक कार्यक्रम सम्पन्नभएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार, वातावरण तथाविकास प्रतिष्ठान (इन्हुरेड इन्टरनेशनल) को आयोजनामाभएको कार्यक्रममा स्थानीय राजनीति कदल, नागरिक समाज, स्थानीयवासी, गाविस प्रतिनिधि, शिक्षकहरु सहभागी थिए ।

महाभूकम्प पश्चात संस्थाले १२ वटा जिल्लाकादुर्गम क्षेत्रमा ठूलो मात्रामा राहत वितरण कार्यक्रम सँगसगै विपद ब्यवस्थापनको पूर्व तयारी तथा सुरक्षितबसाई सराईका सेरोफेरोमा अनुसन्धान समेत गरेको थियो । उक्त अनुसन्धानबाट प्राप्त तथ्यहरुलाई आधार मानी विभिन्न खालका प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिमलाई न्यूनीकरणका गर्न आवश्यकपूर्व तयारीका निम्ति संस्थाले १२ वटा जिल्लाको सदरमुकाम र सुरक्षितबसाई सराई तथा बेचबिखनका घटनालाई न्यूनीकरण गर्दै लैजाने उद्देश्यले स्थानीय स्तरमा समूदायलाई शसक्तिकरण गर्न रसुवाको भोर्ले गाविसमा विभिन्न सचेतना मूलककार्यक्रम, सामाजिक परामर्श सम्बन्धी तालिम, प्यारा लिगल तालिम, जन्म दर्ता अभियान, सडक नाटक तथा डकुड्रमा प्रदर्शनलगायत विविध कार्यक्रम गरिने जानकारी इन्हुरेडका महासचिव बिपी अधिकारीले गराउनु भएको थियो ।

यसैगरी सोही दिन भोर्ले गाविसको सेतीदेवी उच्च मावि धुसेनीमा एक दिने किशोर तथा किशोरीलाई लक्षित गरी मानव वेचविखन तथा असुरक्षित बसाईसराईका कारण हुने जोखिम र यसका असर बारे“किशोर–किशोरी सम्वाद” कार्यक्रम सम्पन्नभएको छ । उक्त प्रशिक्षकण कार्यक्रममा प्रशिक्षक बद्रीप्रसाद शिवाकोटीले नेपालमा हालसालै आएको महाभूम्पका कारण बेचबिखनका घटनाहरु बढ्दै गएको यसमा पनि महिला र बालबालिका बढी जोखिमपूर्ण अवस्थामा रहेको बताउँदै बालबालिका त्यसमा पनि किशोरीहरु अझै बढी जोखिमयुक्त अवस्थामा रहेको बताउनु भएको थियो ।

तालिम माउहाँले सुरक्षितबसाई सराई, असुरक्षितबसाई सराई, असुरक्षित बसाइ सराईको नकारात्मक असर, मानव बेचबिखन विखनको परिभाषा, बेचबिखनका कारण, यसबाट बच्न सक्ने उपाय, बेचबिखनमा परेको खण्डमा अपनाउनुपर्ने विषय तथा कानुनी उपचार सम्बन्धी विविध विषयमा सहजिकरण गराउनु भएको थियो ।

Comments

comments