सुरक्षित बासस्थान भए भूकम्पका कारण विस्थापितहरू हाकुवासी गाउँ फर्कन तयार

IMG_6982

धुन्चे , रसुवा
मानवीय उद्दार जवाफदेहीता अनुगमन कार्यक्रम
(हामी) ले आयोजना गरेको भूकम्प प्रभावित जिल्लाहरूको तथ्य अनुगमन तथा जिल्ला स्तरीय सरोकारवालाबीच भएको अन्तक्रिया कार्यक्रममा विनाशकारी भूकम्पबाट प्रभातिवहरूले सुरक्षित आवास बाटो घाटो, शिक्षा र स्वास्थ्यको समस्या प्रति सरकार तथा सरोकारवालाहरूले जोड्दिनु पर्ने बताएका छन् ।

 

रसुवा जिल्लाको दुई समुदायमा स्थलगत तथ्य अनुगमन गरी जिल्ला स्तरीय सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुरक्षित स्थान भनी प्राविधिकले बस्न योग्य भने आफूहरू हाकु गाविस फर्कन तयार भएको हाकु गाविसका विस्थापितहरूले बताए छन् ।

विनाशकारी भूकम्प पछिको अवस्थामा विस्थापितहरूलाई सुरक्षित आवासको प्रत्यभूति दिनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । हाकु गाविसबाट विस्थापितहरू गाउँ फर्कन चाहेकोले त्यहाँ प्राविधिक पठाएर जग्गा बस्ती योग्य भएको नभएको प्रमाणित हुनुपर्ने स्थानीय जिल्ला भूमिअधिकार मञ्चकी अगुवा मेन्दो तामाङले बताइन् ।

स्थानीय सोनाम तामाङले सरकारले सहुलियतमा दिने भनेको ऋणको प्रक्रिया बारे अलमल भएको बताइन् । अनुदान र सहुलियत ऋणको हल्ला छ हामी जस्ता वास्तविक पीडितका लागि हो कि सम्पत्ति धेरै धितो राख्न सक्नेका लागि मात्र हो स्थानीयले गुनासो गरे नीति नै स्पष्ट हुनु पर्छ तामाङले भनिन्हाम्रो गाउँ सबै भूकम्प पछि पहिरोले बढारिएपछि हामी आएका हौँ सदरमुकाम हाम्रो रहर होइन ।

IMG_20151117_141529

भूकम्प पछि हाकु गाविसबाट बिस्थापित भएका र धैबुङ्ग गाविसका समूदायमा भएको छलफलमा सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो लगायत पुर्वाधार विकासका लागी सरकारी नीति स्प्रष्ट हुनु पर्ने, अनुदान तथा सहुलियतत ऋणमा गरिव तथा भूमिहीन समूदायलाई लक्षित कार्यक्रम ल्याउनु पर्ने सहभागीहरुले बताए ।

धुन्चेमा आयोजित सरोकारवालाहरुसँगको अन्तत्र्रिmयामा स्थानीय निमादर्के तामाङले भने पहिले त हाकु जाने बाटो खोल्नु प¥यो अनि सुरक्षित स्थान भेटिए सवै मिलेर पुर्ननिर्माण थाल्नु पर्छ । ईन्सेकका जिल्ला प्रतिनिधी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष हेमनाथ खतिवडा तथा मानवीय उद्दार जवाफदेहीता अनुगमन कार्यक्रम (हामी) का गोरखबहादुर बोगटी, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, जिल्ला विकास समितिका योजना मूल्यांकन तथा अनुगमन अधिकृत उर्मिला काफ्ले, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी सहभागी थिए ।

त्यसै बीच हाकु तथा डाडागाउँ गाविसबाट बिस्थापित भएर बोगटीटार , नौबिसे, काभ्रेमा बस्दै आएकाहरुले भने आफुहरु अन्य ब्यक्तिको जग्गा ब्यवस्था गरेको तर ६ महिने संझौता सकिएकोले कतिपयले बास छाड्नु पर्ने समस्या रहेको तथा बिस्थापितहरु बसेको क्याम्पमा खाद्यान्न अभाव भएको बोगटीटार क्याम्पका छेकु लामाले बताए ।

Comments

comments