सुुआहाराको कार्यक्रम प्रभावकारी बन्दै

Suaahara

विश्वास नेपाली
युएसएआइडीको आर्थिक सहयोग हकेलेन केलर इन्टरनेश्नल नेपालद्वारा रसुवा जिल्लामा सञ्चालित सुआहारा कार्यक्रम प्रभावकारी बन्दै गएको बताइएको छ । सुआहारा कार्यक्रम रसुवा जिल्लाको १८ वटै गाविसमा विगत ४ वर्षदेखि निरन्तर सञ्चालित छ । यो कार्यक्रमले विशेषगरी सुत्केरी तथा भर्गवती महिलाहरू र बालबालिकाहरु लाभान्वित भएको सुआहारा कार्यक्रम रसुवाका संयोजक मनोज मिश्रले बताउनुभयो ।

धुन्चेमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको अवसरमा संयोजक मिश्रले विगत ४ वर्षमा गरेका कार्यक्रमको उपलब्धी प्रस्तुत गनुभएको थियो । उहाँले सुआहारा कार्यक्रमले कुखुरा पालन र तरकारी खेती गरी पोषणयुक्त खाना खानको लागि उत्पे्ररीत गर्दै अघि बढेको बताउनुभयो । हाल २२५० घरधुरीले तरकारी खेतीको बीउ सहयोग लिई करेशाबारी तरकारी खेती गरिरहेका छन्, ४६ जनाले कुखुरा पालन गरिरहेका छन् । साथै सरसफाई कार्यक्रम, विद्यालय सहयोग कार्यक्रम, चल्ला उत्पादन केन्द्र, फोहोर सङ्कलन केन्द्र निर्माण सहयोग, गाउँघर क्लिनिक सञ्चालन सहयोग, २२ हजार सखरखण्ड विरुवा वितरण, क्याङ्कुङ साग जिल्ला भित्र्याएको र नमुना कृषक निर्माण सहयोग लगायतको कार्यक्रम गरेको बताइएको छ ।

सुआहारा कार्यक्रमले सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत गर्भवती, सुत्केरी आमाहरू र बालबालिकाहरूमा पोषणयुक्त खाना खानको लागि जानकारी गराउने र कार्यक्रममार्फत केही सहयोग पनि उपलब्ध गराउँदै आएको छ । पोषणयुक्त खानाले आमा र बच्चा दुवैको स्वास्थ्य स्थिति राम्रो रहने जानकारी जिल्लाभरी फैलाउँदै कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाएको पाइएको छ । साथै सुआहारा कार्यक्रममार्फत जिल्लाभर सरसफाइसम्बन्धी सामुदायिक चेतना जगाउन पनि संस्था सफल हुँदै गएको छ ।

सुआहारा कार्यक्रममार्फत समुदायमा आमा समूह, महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई परिचालन गरी पोषणयुक्त खाना र सरसफाईमा समुदायलाई जागरुक बनाउन संस्थाले भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन् । सुआहारा कार्यक्रमले समुदायमा महिलाहरूलाई बालबच्चाको पोषण र सरसफाईसम्बन्धी जनचेतना अभिवृद्धि गराएको पाइएको रसुवाका जेष्ठ पत्रकार जि.लेकालीले बताउनुभयो । उहाँले कवितात्मक शैलीमा आफूले कार्यक्रमको विभिन्न ठाउँमा पुगी अनुगमन गरेको भन्दै कार्यक्रमले अण्डा खाना सिकाएको, घरघरमा कुखुरा पालन गर्न उत्प्रेरीत गरेको र आगामी दिनमा गर्भवती र सुत्केरीको घरमा मात्र नभई जिल्लाका सबै घरघरमा कुखुरा पाल्न जागरुक बनाई कार्यक्रम व्यापक फैलाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले पोषण, स्वास्थ्य र सरसफाईमा सुआहारा कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यक्रमलाई निरन्तररुपमा अझ फैलाएर लान आवश्यक रहेको बताउनुभयो ।

कुखुरापालनमा सक्रिय छिन इश्वरी
लहरेपौवा– ४ रसुवाकी इश्वरी थिङ्ग यतिबेला कुखुरा पालनमा व्यस्त छिन् । उनले कुखुरा पालन व्यवसायिक रुपमा नै थालेकी छिन् । उनी भन्छिन, कुखुरा पालनबाट आफ्नो बालिका छोरीको लागि अण्डाDSCN9857खुवाउन र मासुको लागि गाउँमै कुखुरा बेचविखन गर्न सहयोग पुगेको छ ।
यतिबेला इश्वरीको खोरमा ३९ वटा ठूला कुखुरा छन् । गिरिराज जातका कुखुरा अण्डा र मासु दुवैको लागि राम्रो मानिन्छ । इश्वरीले कुखुरा पालन कार्य सुआहारा कार्यक्रमको उत्पे्ररणाबाट सुरु गरेको बताइन् । उनी भन्छिन्, सुआहारा कार्यक्रममार्फत नवलपरासीको गैडाकोटमा भएको ६ दिने खोर व्यवस्थापन तथा कुखुरा पालन सञ्चालनसम्बन्धी तालिमपछि सुरु गरेकी हुन् । कार्यक्रममार्फत उनले ४० हजार र जिल्ला पशुसेवा कार्यालयबाट पनि थप २५ हजार सहयोग प्राप्त गरेकी हुन् । उनले चिटिक्क परेको २ कोठे कुखुराको खोर निर्माण गरेकी छिन् र कुुखुरा पालन गरिरहेकी छिन् ।

उनले यस वर्षमात्र कुखुरा बेचविखनबाट ५ हजार र अण्डा बेचेर २ हजार नगद आम्दानी गरेकी छिन्, भने दैनिक जसो आफ्नो बालिका छोरीलाई अण्डा पनि खुवाइरहेकी छिन् । अलिहे उनको खोरमा ३९ वटा कुखुरा पनि छन् । उनी कुखुरा पालनबाट खुसी भएको बताउछिन् । उनको अझ बढी कुखुरा पालन गर्ने योजना रहेको पनि सुनाइन् । उनी भन्छिन्, कुखुरा धेरै पालेपनि गाउँमा नै विक्री हुने र राम्रो आम्दानी पनि हुने भएकाले सजिलो र आर्कषक लागेको छ । उनी भन्छिन्, सुआहारा कार्यक्रमले गर्दा नै मैले यो व्यावसाय सुरु गरेकी हुँ ।

Comments

comments