सुशासन नीति कार्यान्वयनको लागि प्रतिवद्धता

81722946_997181150649098_921997227818221568_n

रसुवा, पुस ९ गते । कालिका गाउँपालिकाले शुसासन नीति नागरिक समाजको समेत सहभागितामा निर्माण गरी कार्यान्वयन गर्ने समेत प्रतिवद्धता जनाएको छ ।81722946_997181150649098_921997227818221568_n

सामुदायिक विकास केन्द्र नेपाल र एफ एच आई ३६० को साझेदारीमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना सहयोग कालिका गाउँपालिकामा साझेदारी मञ्चको वैठकमा भएको छलफल पछि सरोकारवालाहरूले समेत सुशासन नीति निर्माण तथा कार्यान्वयनको लागि प्रतिवद्धता जनाएका हुन् ।

कालिका गाउँपालिका अध्यक्ष सिता कुमारी पौडेल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको वैठकमा कार्यक्रम अन्तर्गत सम्पन्न भएका वैठकले तय गरेका योजना तथा कार्यक्रमको वारेमा समीक्षा गरी  छलफल भयाे । गत महिना नागरिक समाज अनुगमन टोलीको कृषि सेवा तथा कार्यक्रम कार्यान्वयनको प्रतिवेदन तथा सुशासन नीतिको आवश्यकता माथि छलफल भएको थियो । सुशासन नीतिलाई आगामी गाउँकार्यपालिकाको वैठक तथा सभाबाट पारित गरी आगामी कार्यान्वयन गर्ने निर्णयका साथै अध्यक्ष पौडेलवाट प्रतिवद्धता समेत व्यक्त भएको सामुदायिक विकास केन्द्र नेपालका कार्यक्रम संयोजक उमेश नकर्मीले जानकारी दिए ।

संस्थाका सचिव दुर्गाप्रसाद ढुंगेलले स्वागत र कार्यक्रम अधिकृत राजु आचार्यद्धारा सञ्चालित वैठकमा गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायत उपस्थिति रहेका थिए ।

Comments

comments