सेन्ट जोन एशोसिएशनले ‘प्राथमिक स्वास्थ्य तालिम’ दिने

काठमाडौं, जेठ १८ ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा यहि जेठ ३१ देखि असार २ गते सम्म प्राथमिक उपचार तालिम सञ्चालन हुने भएको छ ।
सेन्ट जोन एशोसिएशनले नेपाल आँखा अस्पतालको सहकार्यमा उक्त तीन दिने तालिम संचालन गर्न लागेको एशोसिएशनका संस्थापक सदस्य तथा प्रशिक्षक डा. अरुण ढुंगानाले जानकारी दिए ।

उक्त एशोसिएशनले यसअघि मलेसियासँगको सहकार्यमा प्राथमिक तालिम सञ्चालन गर्दै आएकोमा यस पटकदेखि आफैँले सो तालिम सञ्चालन गर्न लागेको हो । नेपाल जस्तो भौगोलिक बिकटता र प्राकृतिक प्रकोपहरु भुकम्प, बाढी, आगलागी र सडक दुर्घटना लगायतका अन्य घटनाबाट मानिसहरु प्रताडित भएको अवस्थामा उनीहरुलाई कसरी उद्धार गरी प्राथमिक उपचार गर्न सकिन्छ र मृत्युहुनबाट जोगाउन सकिन्छ भन्ने हेतुले तालिम आयोजना गर्न लागिएको डा. ढुंगानाले बताए ।

जो सुकै इच्छुक व्यक्तिले पनि प्राथमिक उपचार तालिम लिन सक्ने पनि उनले बताए । उनका अनुसार दुर्घटना परेको व्यक्तिको घाउबाट बगिरहेका रगत रोक्न सके, प्राकृतिक र सुरक्षित तरिकाले स्वासप्रश्वास गराउन सके मात्रै पनि अस्पताल पुर्याउनुपूर्व धेरै बिरामीको ज्यान जोगाउन सकिन्छ भन्ने हेतुले यस प्रकारको तालिम आगामि दिनमा देशका बिभिन्न स्थानमा संचालन गर्ने संस्थाको योजना रहेको उनको भनाइ छ । इच्छुक व्यक्तिले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्तालमा गाई फर्म भर्न सकिने छ । शूल्क भने तीन दिनका लागि १५ सय तोकिएको छ । यस बारेमा थप जानकारी लिन डा. ढुंगानालाई ९८५१२३८६३३ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

Comments

comments