स्काउटर दीर्घ सेवा पदकबाट विभुषित

scout

रसुवा । नेपाल स्काउटको ६८ औँ स्थापना दिवसको अवसरमा रसुवाका ६ जना स्काउटर दीर्घ सेवा पदकबाट विभुषित भएका छन् । लामो समयदेखि स्काउटको क्रियाकलापमा संलग्न भएका स्काउटरलाई विभुषित गरिएको हो ।

पदकबाट विभुषित हुनेमा रसुवा मावि धुन्चेका स्काउटर किप्पाछिरिङ तामाङ, दावाल्हामो तामाङ, नीलकण्ठ मावि वागटीटारका राजु्कुमार घिमिरे, कालिका हिमालय माविका डिल्लीराज घिमिरे, नीलकण्ठ नमुना मावि जिवजिवेका तीर्थराज देवकोटा र ज्वालामुखी माविका स्यामबहादुर पुडाशैनी रहेका छन् । प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले विभुषित गर्नुभयो ।

राष्ट्रिय प्रधान कार्यालयबाट पदक आएको हो । जिल्लामा पहिलो पटक विभुषित गरिएको हो । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, स्थानीय जन प्रतिनिधीलगायतका प्रतिनिधी सहभागी थिए ।

Comments

comments