स्थानीयको अबरोधले माथिल्लो साङजेनको काम राेकियो

Sanjen

रसुवा, जेठ १२ गते । आमाछोदिङमो गाउँपालिका ५ मा निर्माणधिन १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविदुत आयोजनामा स्थानीयले अवरोध गरेपछि तीन दिनदेखि काम ठप्प रहेको छ ।

साङजेन आयोजनामा आयोजनामा केही कर्मचारी नियुक्तिमा अनियमितता भएको भन्दै माथिल्लो साङजेनमा पनि कर्मचारी नियुक्त गर्न भन्दै स्थानीयले अबरोध गरेपछि काम ठप्प भएको हो । आयोजनाको गाडी, तथा नियमित काम ठप्प भएको छ । स्थानीयले बन्द गरेपछि तिब्र गतिमा भईरहेको पावर हाउस तथा सुरुङको काम ठप्प भएको छ । सुरुङको काम अन्तिम चरणमा पुगेको अवस्थामा बन्द भएको हो । जसका कारण साङजेनको पनि हेड्रेसको काम बन्द भएको छ ।

चिलिमेको टेताङचेबाट बाटो बन्द गरेका गरेका हुन् । कम्पनीले यस अघि सहमति भए अनुरुप गर्नुपर्ने काम नगरेको कर्मचारी नियुक्ति प्रभावित क्षेत्रका बासिन्दालाई प्रथमिकता नदिएको स्थानीयको भनाई छ । एक घर एक रोजगार दिने भने पनि प्रभावित क्षेत्र सिम्बु , टेताङचे भन्दा बाहिरको मान्छे नियुक्ति गरेको भन्दै स्थानीय प्रभावितले बन्द गराएको स्थानीय बहादुर तामाङले बताएका छन् । समय समयमा जलविद्युत क्षेत्रलाई बन्द मुक्त गराउने भने पनि व्यवहारमा त्यसको कार्यान्वयन हुन नसक्दा समयमै आयोजना सम्पन्न हुन नसक्ने देखिन्छ । अबराेधका बारे सूचना लिन खाेज्दा अायाेजनाका कर्मचारी सम्पर्कमा अाउन चाहेनन् ।

Comments

comments