स्थानीय तहका स्वास्थ संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

158860039395989818_536861486959773_71033

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (काेभिड-१९)को संक्रमण रोकथाम र व्यवस्थापनका लागि रसुवाको एक गैर सरकारी संस्थाले ५ वटै स्थानीय तहका स्वास्थ संस्थालाई  स्थानीय तह विपद व्यवस्थापन समिति मार्फत  स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

जिल्लामा विगत लामाे समयदेखि क्रियाशील स्थानीय संस्था सिड्स रसुवाले सम्मान परियाेजना अन्तर्गत अन्तरार्ष्टिय गैर सरकारी संस्था केयर नेपालको आर्थिक सहयोगमा गत मगलवार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । कोरोना भाइरस को संक्रमण रोकथाम गर्ने उदेश्यले पीपी सेट, थर्मल गन १० सेट, सर्जिकल मास्क स्थानेलाजर हस्तान्तरण गरेको सिडस् रसुवाका अध्यक्ष रमेस लामिछानेले बताउँनुभयो । उनले भने जिल्लामा कोरोना जोखिम न्युनिकरण गर्ने उदेश्यले समितिलाई  स्वयमसेविका सामग्री हस्तान्तरण गरिएको हो ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण जिल्लामा रहेको उत्तरगया गाउँपालिका वडा नम्वर ४ मा रहेको लहरेपौवा स्वास्थचौकी ,कालिका गाउँपालिका- ५ मा रहेको जिवजिवे प्राथमिक स्वास्थ्य केन्द्र ,आमाछाेदिङमाे गाउँपालिकाकाे गत्लाङ हेल्थ पोष्ट, नौकुन्ड गाउँपालिकको यार्सा हेल्थ पोष्ट र गोसाइकुन्ड गाउँपालिकाको रसुवा अस्पताललगायतका स्वास्थ संस्थामा कोरोना फैलिने सम्भावना रहेकाले संस्थाले एकदमै अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हुँदा स्वास्थ्य  परीक्षण लगायत क्वारेन्टाइन संञ्चालन गर्न सहज हुने बैदेशिक रोजगारीका लागि भारतबाट घर फर्केका सबैको स्वास्थ्य परीक्षण गर्न सहज हुने परियोजना प्रमुख सन्तोष महर्जले बताए ।

Comments

comments