स्थानीय तहमा कर्मचारी अभावले काम प्रभावित

कर्मचारी समायोजनपछि स्थानीय निकायहरुमा पद रिक्त हुँदा काम प्रभावित हुन थालेको छ । आमाछोदिङमो गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नुहँदा वडा सचिवको भरमा चलेको छ ।

वडा सचिव तथा गाउँपालिकामा कर्मचारी अभावका कारण नागरिकलाई प्रबाह गर्ने सेवा प्रभावित भएको हो ।गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार गाउँपालिका तथा वडाहरुमा समेत नियमित काममा समस्या परेको छ । प्रदेश तथा संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरे पनि कर्मचारी नपठाएको तामाङले बताउनुभयो । अहिले गाउँपालिका प्रमुख प्रशासकीय प्रमुख र लेखा अधिकृत समेत नहुँदा तलव खुवाउनसमेत समस्या भएको अध्यक्ष तामाङले बताउनुभयो ।वडा सचिव नभएकोले साना कामका लागि पनि गाउँपालिका धाउनु परेको हाकुका स्थानीय सेतार तामाङले गुनासो गर्नुभयो । “पहिले गाउँमा गाविस सचिव र सहायक हुन्थे जन्मदर्ता गराउन पनि अहिले त दिनभर धाउनु पर्ने भयो” उहाँले भन्नुभयो ।प्रमुख नहुँदा आफुले वडा सचिवका साथै निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कार्य गर्दै आएको छेवाङदार्जे तामाङले बताउँनुभयो । “दुई जना मात्र वडा सचिवले गाउँपालिकाको काम चलाउँछौं” उहाँले भन्नुभयो । यो गाउँपालिका वडा नं. १ र २ का वडा सचिव पद लामो समयदेखि रिक्त छ ।

निमित्त प्रमुख तामाङ आमाछोदिङमो गाउँपालिका वडा नं ३ का वडा सचिव हुन् ।निमित्त प्रमुख तामाङका अनुसार विषयगत शाखामा स्वास्थ्य बाहेक सबै शाखामा कर्मचारी अभाव छ । केही करार सेवाका कर्मचारीले स्वास्थ्य संस्था धानेका छन् । स्वास्थ्य शाखाका प्रमुख रामशरण मरहठ्ठाका अनुसार ५ वटै स्वास्थ्य संस्थामा ईच्चार्ज छैनन् । थम्बुचेत बाहेक चार स्वास्थ्य संस्थामा करारका अनमीले मात्र छन् । तालिम प्राप्त स्वास्थ्यकर्मी नहुनाले वर्थिङ सेन्टर सञ्चालनमा समेत समस्या परेको छन् । करारका ईन्जिनियरले पनि राजिनामा दिएपछि प्राविधिक पनि अभाव छ । पालिकाको शिक्षाकृषि र पशु सेवा शाखा पनि करारका कर्मचारीकै भरमा छ ।रसुवा जिल्लाको विकट स्थानीय निकायहरुबाट सुरुवा भएर अन्यत्र जाने तर सरुवा भएका कर्मचारी नआउने गरेको कारण गाउँपालिकामा कर्मचारी अभाव हुने गरेको हो । एक महिनाअघि प्रमुख प्रशासकीय अधिकृत बिक्रम लिम्बुरमेश गुप्तालगायतको टिम सरुवा भएका थिए । जिल्लाको ६ वटा वडामा कर्मचारी छैनन् । वडातहका स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी नहुँदा समस्या हुँदै आएको छ ।

Comments

comments