स्थानीय तहमा बेतिथि बढ्दै

संबाद नुवाक

बिदुर , नेपाल सरकारका सहसचिव रुद्रसिंह तामाङले नुवाकोटका स्थानीय तहमा बेतिथि बढेको भन्दै नुवाकोटका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई सचेत गराएका छन ।

संवाद समूह नुवाकोटले आईतबार आयोजना गरेको स्थानीय सरकारका योजनाहरुको निर्णय कार्यान्वयनका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा सहजिकरण गर्दै सहसचिव तामाङले नुवाकोटका केही स्थानीय तहले कानुन वाहिर गएर काम कारवाही गरेको भन्दै सचेत गराएका हुन् ।

सहसचिव तामाङले स्थानीय सरकारले स्थानीय सरकार संचालन ऐन २०७४ ले तोकिएको भन्दा वाहिर गएर काम गरेको गुनासो बढेको भन्दै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई सच्चिन आग्रह गरेका हुन । जिल्लाका सबै स्थानीय तहका प्रमुख,उपप्रमुख र प्रमुख प्रशाससकीय अधिकृतहरु सहभागी भएको बैठकमा सहसचिव तामाङले केही स्थानीय तहमा रहेका जनप्रतिनिधिहरुले कानुन विपरित काम गरेको पाइएको भन्दै कानुनले कसैलाई पनि नछोड्ने बताए ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नुवाकोटका स्थानीय तहले गरेको काम कारवाहीको लागि अनुगमनको लागि अधिकार पाएपनि कानुन अभावले रोकिएको भन्दै कानुन बनाएर कडाईको साथ कार्यक्षेत्रमा जाने बताए । प्रमुख तामाङले स्थानिय तहले गरेका काम कारवाहीहरु आफुहरुले नियाली रहेको भन्दै आफुहरुको अनुगमन सर्वमान्य हुने बताए ।

त्यस्तै सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नुवाकोटका स्थानीय तहमा विधि संगत,पारदर्शीता जवाफदेहिता नभएको भन्दै गुनासो आउन थालेको बताए । उनले पोखरेलले अभाव र समस्याको वीचमा सेवा पुराउँदै आएका स्थानियतहले सच्च्निुपर्नै बताए । प्रजिअ पोखरेलले कानुन तथा विधिलाई उल्लघंन गर्दै कार्य संचालन गरेको भन्दै प्रमाण सहित जिल्ला प्रशासन हुँदै अख्तियारमा समेत उजुरी पुगेको , जनप्रतिनिधि र कर्मचारीबिच एकता समेत नभएको पाइएकाले सच्चिन सचेत गराएका छन । पोखरेलले आफुहरुले विभिन्न स्थानिय तहमा भएका अनियमितताहरुको गोप्य र सुक्ष्म अनुगमन गरिरहेको भन्दै आफ्नो कार्यशैली परिर्वतन गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई आग्रह गरे ।

कार्यक्रममा नुवाकोटका स्थानीय तहका प्रमुख,उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय सरकार संचालन ऐन तथा स्थानीय सरकारका योजनाहरुको निर्णय कार्यान्वयनका अवसर र चुनौति विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा सबै स्थानीय तहका प्रमुख तथा उपमुखहरुको सहभागता रहेको थियो ।  संबाद सहजकर्ता भाेला पाैडेलले सञ्चालन गर्नुभएकाे कार्यक्रममा संबाद समुहका संयाेजक सन्ताेष खनाललगायत पत्रकारहरू, नागरिक समाजक प्रतिनिधी सहभागि थिए ।

Comments

comments