स्थानीय निर्वाचनमा ताेड्फाेडभएकाे गाडी मर्मत तथा घाइतेकाे उपचार खर्च नपाएकाे गुनासाे

306130329_5605966176156336_6212237379456535834_n

रसुवा, भदाै ३० गते । स्थानीय तहकाे  निर्वाचनको प्रचारप्रसारको क्रममा ०७९ वैशाख १६ गते गोसाईकुण्ड गाउँपालिका वडा नं.१ थुमनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यकर्तालाई कुटपीट तथा सवारी साधान तोड्फोड गरेकाे घटनामा सहभागी अनुरूप नेपाली काँग्रेसले क्षतिपुर्ती नदिएकाे गुनासाे गरेका छन् ।

नेपाली काङग्रेस पार्टी कार्यकर्ताले  एमाले कार्यकर्तालाई कुटपीट तथा सवारी साधान तोड्फोड गरेकाे क्षतिपूर्ति दिने सहमति भए पनि हालसम्म क्षतिपूर्ति नतिरेको भन्दै गोसाईकुण्ड गाउँपालिमा वडा नं.१ थुमनका वडाअध्यक्ष उर्केनछिरिङ तामाङले साे घटनाकाे सहमति अनुरूप काम नभएकाे प्रति असन्तुष्टि व्यक्त गर्नुभयाे ।

घटनामा घाइते भएका गाेसाइकुण्ड गाउँपालिका १ तार्सा गाउँका लाक्पा र हाेमबहादुर, निम र दावा तामाङ सहित  ४ जना एमाले कार्यकर्ता घाइते भएका थिए ।

घाइते लाक्पा तामाङकाे तस्तीर ः

279582621_5220918054661152_6755672725437181192_n

०७९ वैशाख १६ गते राती गोसाईकुण्ड गाउँपालिमा वडा नं.१ थुमनमा नेपाली काङग्रेस पार्टी कार्यकर्ताले वडाअध्यक्ष तामाङले प्रयोग गरिरहेको बा २१ च ७३४० नम्बरको बोलेरो जीप, बा.प्र. ०१ – ०२५ च ६५५५ स्कारपियोलागयत अन्य दुई जीप गाडी र चार वटा मोटारसाईकमा क्षति पु¥याउनुका साथै केही व्यक्तिलाई कुटपीट गरि घाईते बनाएको वडाअध्यक्ष तामाङले बताउनु भयो । झडपाको विषयमा वैशाख १९ गते जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारी नवराज जैशीको रोहवर र बाग्मती प्रदेश सभा सदस्य प्रभात तामाङ र नेपाली काङ्ग्रेस पार्टी रसुवाको पार्टी सभापति एबम गोसाइँकुण्ड गाउँपालिका अध्यक्षका उमेदवार पेम्बाछिरिङ तामाङ तामाङले क्षति भएका गाडीको मर्मत खर्च बेहोर्ने र घाइते व्यक्तिहरुको औषाधि उपचार खर्च बेहोर्ने सहमति भएको थियो ।306130329_5605966176156336_6212237379456535834_n

वडाअध्यक्ष उर्केन छिरिङ तामाङले जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारीको रोहवारमा भएको सहमति हालसम्म काङ्ग्रेस पार्टी, रसुवाका सभापतिले कुनै क्षतिपूर्ती वापतको रकम नतिरेको भन्दै न्याय नपाउने हो कि ? भनेर प्रमुख जिल्ला अधिकारीलाई प्रश्न गरेका छन् । बैशाख १६ गते गोसाईकुण्ड गाउँपालिमा वडा नं.१ थुमनमा नेपाली काङग्रेस पार्टी, रसुवाका कार्यकर्ताले क्षति पु¥याएका चारवटा गाडी र मोटारसाईकल बागमती प्रदेश सभा सदस्य प्रभात तामाङको गाडी मर्मत ग्यारेज जोरपार्टीमा मर्मतका लागि राखिएकाे छ ।  तर गाडी मर्मतको रकम नतिर्द गाडी निकल्न नसकिएको हाे । चार वटा गाडीको लगभग ८ लाख मर्मत खर्च लाग्ने भएको छन भने घाईते व्यक्तिको औषाधि उपचारमा २ लाख खर्च भएको र स्थानीयको घरको क्षति ४ लाख खर्च नेपाली काङ्ग्रेस कार्यकर्ताले तिर्नु पर्ने तर वास्ता नगरेकाे वडाअध्यक्षले सामाजिक संजालमा पाेष्ट समेत गरेकाे बताउनुभयो ।

Comments

comments