नागरिक समाज : पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत संचालित उक्त कार्यक्रममा वडा भित्रका बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि सहित करिव ३० जनाको सहभागी थिए ।
कार्यक्रममा विषयगत क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि र विपद व्यवस्थापनका क्षेत्रमा अहिलेसम्म भएका उपलब्धि र चुनौतीका विषयमा अन्तरक्रिया गर्नुका साथै कठिनाइहरुको समाधानका उपायका बारेमा सहभागीहरुले आ-आफ्नो धारणा राखेका थिए ।
गैसस डेस्कको समेत जिम्मेवारी पाएका कालिका गाउपालिकाका कार्यक्रम अधिकृत लिलानाथ नेपालले स्थानीय तहको नयाँ संरचनामा विषयगत क्षेत्रमा परिवर्तन र विकासको प्रारम्भ भएतापनि अझै सन्तुष्ट हुने अवस्था नरहेको बताए ।
आफ्नो धारणा राख्दै वडा सचिव मिननाथ पौडेलले विपद व्यवस्थापन अन्तर्गत भूकम्प पुननिर्माणको विषयमा अझै पनि गुनासोकर्ताहरु रहेको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावेदन सम्बन्धि कार्यविधि र प्रक्रियामा आम गुनासोकर्ताले कठिनाइ भोग्नु परेको हुँदा सहजीकरणका लागि सामूदायिक विकास केन्द्रलाई अनुरोध गरेका थिए ।
वडाध्यक्ष रामहरी देवकोटाले अहिले संक्रमणकालीन अवस्था रहेकाले नीति नियम बनाउने र विकास निर्माणका कतिपय सवालमा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको स्वीकार गरे। कार्यक्रमको सहजीकरण सामूदायिक विकास केन्द्र रसुवाका कार्यक्रम अधिकृत राजु आचार्यले गरेका थिए ।
Related Posts
- शक्ति समूहको पहलमा भारतबाट सात महिला र बालिकाकाे उद्धार
- स्थलगत चित्रकला गर्दै ‘रसुवा कला यात्रा’ सुरु
- प्राङगारिक तरकारी बारे खेती तालिम सम्पन्न
- आर्थिक पारदर्शीता र निष्पक्ष विकास आवश्यक : गाउँपालिका प्रमुख अधिकारी
- ट्युसन कक्षा संचालन गर्नका लागि सरकारले बजेट विनियोजन
- द्वन्द्व पीडितले राहत नपाएको गुनासो