स्वयंसेवी रक्तदाता समाज गठन

IMG-ab159deee373a66cdd095012eac5a5bc-V-1536x708

रसुवा, आइतबार रसुवा सदरमुकाम धुन्चेमा आयोजित भेलाले प्रमिला लामाको अध्यक्षतामा १३ सदस्य रहेकाे नेपाल स्वयंसेवी रक्तदाता समाज गठन भएकाे छ । IMG-ab159deee373a66cdd095012eac5a5bc-V-1536x708

समाजकाे १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । समाजको उपाध्यक्षमा रामशरण गजुरेल, सचिवमा गोरमेन तामाङ, कोषाध्यक्षमा सेनग्याल्मो तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा ज्ञानेन्द्रनाथ न्यौपाने, दिपक लामा, सुनितामाया गुरुङ, अनु आचार्य, अच्युतराज न्यौपाने, गौरब सापकोटा, हिमनाथ देवकोटा, छोवाङ तामाङ र गोमा खनाल चयन भएका छन् । त्यसै गरी सुरेश थोक्रा र जयराम आचार्यलाई मनोनित सदस्यको रुपमा थप गरिएको छ । रगत नपाएर कोही पनि मृत्युबरण गर्न नपरोस् भनी देशभर शाखा गठन गर्ने गर्ने क्रममा देशकै ३० औं शाखाको रुपमा रसुवामा शाखा गठन गरिएको केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले जानकारी दिनुभयाे ।

Comments

comments