स्वर्गीय नेता भिमलाल हिराचनको शालिकको अनावरण

Bhimlal

रसुवाबाट निर्वाचित तत्कालीन जनप्रतिनिधी लोकप्निय नेता स्वर्गीय भिमलाल हिराचनको मङ्गलबार एक कार्यक्रम वीच शालिकको अनावरण गरिएको छ। संविधान सभा सदस्य माननीय छोवाङतेन्जिङ तामाङले अनावरण गदै असल राजनीतिज्ञ भएको बताए।

नेकपा रसुवाका अध्यक्ष कर्याल तामाङ,पार्टी सचिव ईन्द्र गोतामे (जगतजङ्ग) उहाको धर्म पत्नी छिरिङवाङमो हिराचन गोसाईकुन्ड गाउँपालिका प्नमुख कैसाङनुर्पू तामाङलगाएतका पार्टी नेता तथा कार्यकर्ताको उपस्थिति रहेका थिए । २०१५ साल असोज १५ गते जन्मेका स्वर्गीय हिराचन २०४६ सालमा कम्युनिस्ट पार्टी ( तत्कालीन नेकपा एमाले ) गठन गरी समाजमा ब्याप्त अन्याय अत्याचार शोषण विरूद्व रसुवालीको हक हितमा आवाज उठाउन रगतको छाप लगाई आफु जस्तै केही साथीहरू  संगठीत गरेका कुरा कार्यक्रममा संझना गरेका थिए । गाउँगाउँमा गएर जनताका समस्या बुझेर तत्काल समाधान गर्नेका रुपमा चित्रिण गरी उनकाे चर्चा गरिएको थियो ।

उनी नेकपा रसुवाको सस्थापक समेत थिए र लामो समयसम्म जनप्नतिनिधिको रूपमा तत्कालीन जिविसको उपसभापति र सभापति भई नेकपा  एमालेको पार्टी सचिवको रूपमा काम गरेका थिए । उनलाई २०६१ साल वैशाख २७ गते साविकको सरमथली गाविस -७ मा पुङखोला नजिक तत्कालीन माओवादी कार्यकर्ताहरूले हत्या गरेका थिए।

Comments

comments