रसुवा, कार्तिक २७ – रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा सञ्चालन भएकाे नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा तीन सय भन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् ।
नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा तीन सय ५९ को स्वास्थ्य परीक्षण गराएका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । साथै यौनजन्य हिंसा र मानव वेचविखन विरुद्धको सचेतना मुलक कार्यक्रम समेत गरिएको थियो । उक्त शिविरमा दन्त रोग, छाती तथा पेट रोग, स्त्री रोगको परीक्षण गरिएको छ ।
कार्यक्रममा करिव ६ जनाको उपस्थिती रहेको थियो । गोसाईकुण्ड गाउँपालिकाको अध्यक्ष कैसाङनुर्पु तामाङ, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, नेपाली सेना कालीजंग गणका गणपती सितल बानिया क्षेत्री र विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बुद्धिजिवि, समाजसेवी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, स्थानिय बासी तथा सर्वसाधाणको उपस्थिती थियो
Related Posts
- मानव जीवनको लागि सौन्दर्य अति अपरिहार्य छ – वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ
- क्यान्सरलाई जितेर फर्किएका समाचार प्रमुख पौडेललाई मकालु टेलिजिनमा स्वागत
- जेष्ठ नागरिकलाइ न्यानाे कपडा र निःशुल्क स्वास्थ्य परीक्षण
- विद्यालयलाई पाठ्यपुस्तक, मास्क तथा स्यानिटाइजर हस्तान्तरण
- आठ स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री बितरण
- तामाङकाे ‘अन्तिम सन्देश ‘ नामकाे म्यूजिक भिडियो सार्वजनिक