स्वास्थ्य शिविर संचालन राहत वितरण

103656326_258426088580567_9093255016784625945_n
स्याफ्र, रसुवा
गाेसाँईकुण्ड गाँउपालिका वडा नम्वर ५ स्थित श्यामेवाङफेल माविमा कार्यरत विद्यालय नर्स प्रतिमा तामाङले गाेसाईकुण्ड- ५ स्थित भार्खु गाँउमा  ०७७ जेठ २८ गते एक दिने स्वस्थ्य शिविर संचालन तथा राहत वितरण भयाे । 
विद्यालय नर्स प्रतिमा तामाङले राहत वितरण  स्थानीय सरकारकाे एकद्वारा प्रणाली अनुसार वडा र गाउँपालिकासँगकाे समन्वयमा नर्स प्रतिमा र उनका पति क्षाेक्याल दाेर्जे लामा र उनका साथीहरू मार्कस र मार्सिटकाे सहयाेगमा प्रतिमाले गरेका हुन । उक्त कार्यक्रम कुनै सरकारी तथा संघ संस्थाले नभइ व्यक्तिगत रूपमा गरेकाे प्रतिमा र क्षाेक्याल दाेर्जे लामाले बताए । स्वस्थ्य शिबिरमा गाउँका सबै बालबालिका , महिला पुरूष,बृद्ध र अपांगहरू सहभागी भई लाभ लिएकाे प्रतिमा तामाङले बतायाे ।
स्वस्थ्य शिविरमा निशुल्क अाैषधि पनि अावस्कता अनुसार वितरण गरेकाे थियाे साथै कसैलाई जिल्ला अस्पतालमा सिफारिस गरेकाे स्वस्थ्य कर्मीहरूले बताए ।  साथै अत्यन्तै अशक्त हिडडुल गर्न नसकेकाहरूलाई भने घर मै स्वस्थ्यकर्मी गएर चेक जाँच गरी अाैषधि वितरणकाे व्यवस्था गरेकाे नर्स प्रतिमाले बतायाे । खाद्यान्न सामाग्री राहत भने गाउका ३७ जना बृद्धबृद्दाहरू, एकल महिला, एकल पूरूष र अशक्त अपाङगहरूलाई वितरण गरेकाे थियाे । खाद्यन्न सामग्रीमा १ बाेरा चामल, दाल, नुन र तेल वितरण गरेकाे थियाे । गाउँले सबैलाई स्वस्थ चेक जाँच गरी अावश्यक अाैषधी र माक्स वितरण गरेकाे थियाे । भने कुनै राेगीहरूलाई जिल्ला अस्पतालमा सिफारिस गरेकाे क्षाेक्याल लामाले बतायाे । हाम्राे देशमा एकल महिलाहरूाई मात्र सुविधाहरू दिरहेकाे अवस्थामा प्रतिमाले भन्ने एकल पुरूषलाई पनि समेटेका छन ।
स्वस्थ्य शिबिरकरमा विद्यालय नर्स प्रतिमा तामाङ, स्वस्थ्य चाैकी स्याफ्रुबेशीका ईन्चारज सबिना श्रेष्ठ र जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी साेनाम घले थियाे। कार्यक्रममा गाेसाँईकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पू तामाङ वडा अध्यक्ष सिंगी दिन्डुब तामाङ , भार्खु समाज सुधारका अध्यक्ष कान्छा तामाङ, मेगा बैंकका म्यानेजर क्षाेक्याल दाेर्जे लामा र स्याफ्रुबेशी प्रहारी चाैकी प्रमुख टिकाराम पाैडेललगायतकाे उपस्थिती रहेकाे थियाे ।103408316_191432145487087_5753223496231718572_n
यसरी सरकारी मापदण्ड अनुसार गाउपालिका र वडासँग समन्वय गरी काेराेना संक्रमन र सरकारी बन्दबन्दी पछि पहिलाे पटक यसरी कार्यक्रम संचालन गरेकाेमा धन्यवाद व्यक्त गर्दै सम्पूर्ण गाउलेलाई लाभ लिन अनुराेध गर्नुभयाे पालिका प्रमुखनुर्पू कैसाङ तामाङ । वडा अध्यक्ष सिंगी दिन्डुब तामाङले अहिलेकाे समयमा नर्स पढेकाहरू पैसाकाे लागि सबै यूरोप अमेरिका जाने प्रचलन रहेकाे हाम्राे देशमा नर्स प्रतिमा “स्वस्थ र शिक्षित सामज निर्माण” अभियानका लिएर जिल्लाका बिभिन्न गाउँ गाउँमा हिंडिरहेकाे देखिरहेकाे छु तसर्थ नर्स प्रतिमा रसुवाकाे मात्र नभएर देश कै उदाहरणीय व्यक्ति हुनुहुन्छ । 
भाईबहिनीहरूले पनि प्रतिमाबाट केही सिक्नुपर्छ । यसरी देशलाई याेग्दान सबै पढेलेखेकाहरूले गर्ने हने भने देश विकासकाे लागि समय नलाग्ने बताउनु भयाे वडा अध्यक्ष ज्यूले । सामाजसुधार अध्यक्ष कान्छा लामाले भार्खु गाउँ जिल्ला साधारमुकामसँगै जाेडेर रहेकाे गाउँ भए पनि अार्थिक रूपमा अलि पछाडि परेकाे छ तसर्थ याे गाउँ मा यसरी राहत प्याकेज लिएर अाउने र स्वस्थ्य शिविर संचालन गरी दिनु भएकाेमा सामाज सेवि जाेडी नर्स प्रतिमा र मेगा बैंकका प्रबन्धक क्षाेक्याल दाेर्जे लामालाई धन्यवाद दिनु भयाे । सामजसेवी प्रतिमाले रसुवाकाे अामाछाेदिङमाे, गाेसाईकुण्ड , कालिका र नाैकुण्ड गाउपालिका भिविन्न विद्यालयहरूमा “स्वस्थ र शिक्षित सामाज निर्माण” अभियान लिएर कार्य गरिसक्नु भएकाे छ ।

Comments

comments