स्वास्थ्य सामग्री वितरण

Haku

रसुवा, साउन ५ गते । काराेना महामारीकाे समयमा आमाछोदिङमो गाउँपालिका स्थित ५ वटै वडाका घरघरमा स्वास्थ्य सुरक्षा सामग्री वितरण भएकाे छ ।

आमाछोदिङमो गाउँपालिका वडा नं. १  बस्ने युवा समाजसेवी सानुबहादुर तामाङको पहलमा Right 2 Study Nepal को सहयोगमा आमाछोदिङमो गाउँपालिकाको ५ वटै वडाका प्रत्येक घरधुरीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हाे । स्वास्थ्य सामग्री २ हजार २ सय ६० घरधुरीलाइ ५० वटा सर्जिकल मास्क, हातधुने साबुन २ वटा र ज्वरो नाप्ने थर्मोमिटर १ थान वितरण गरिएको थियाे ।217712813_554484835706878_3842475232800662989_n

त्यहाँ रहेकाे हाकु मावि ठूलोहाकु, हाकुबेशी आधारभूत विद्यालय, गोसाँइकुण्ड आधारभूत सानोहाकु र पार्वतीकुण्ड आधारभूत नेसिङलाइ स्टेसनरी साथै स्वस्थ्य सामग्री र हाकु स्वास्थ्यचौकी र पाङलिङ सामूदायिक स्वास्थ्य ईकाइलाइ पनि विभिन्न स्वास्थ्य सुरक्षा सामग्री  प्रदान गरिएको स्थानीय युवा समाजसेवी सानुबहादुर तमाङ्ले बताए ।219390328_209066227889665_6908479082858511941_n

Comments

comments