स्वास्थ्य सेवाकाे सामाजिक परीक्षण

20180701_180810

रसुवा, असार १६ गते । ग्रामीण तहमा स्वास्थ्य सेवाको अवस्था बारे सेवाग्राही र सेवा प्रदाय बीचको पारदर्शी गर्न जिल्लाभरका १८ वटै स्वास्थ्य संस्थाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवा र मानव अधिकार तथा सामुदायिक विकास स्रोत केन्द्रबीच भएको संझौता अनुसार जिल्लाभरको १८ वटै स्वास्थ्य संस्थामा सरोकारवालाहरु भेला गरेर स्वास्थ्य सेवाको सामाजिक परीक्षण भएको हो ।  कार्यक्रम सम्पन्न गरी अन्तिम प्रतिवेदन तथा जिल्ला स्तरिय सरोकोवालाहरु बीच प्रस्तुतिकरण कार्यक्रम कार्यालयमा मानवअधिकार तथा सामुदायिक विकास स्रोत केन्द्रका तर्फबाट प्रस्तुतिकरण भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत चन्दभूषण ठाकुरले कार्यक्रमको प्रारम्भमा सामाजिक संस्थामार्फत जिल्लभरका १८ वटै स्वास्थ्य सेवाको सामाजिक परीक्षण निर्देशिका अनुरुप संस्था छनौट प्रक्रिया अनुसार ०७४ देखि ०७५ जेठसम्मको कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्लाको अवस्था प्रस्तुत गर्दै सामाजिक परीक्षक विस्वास नेपालीले जिल्लाका १८ वटै स्वास्थ्य संस्थामा नेपाल सरकारको स्वास्थ्य सेवाको सामाजिक परीक्षण निर्देशिका अनुरुप सूचना लिने छलफल सेवाग्राहीसँग प्रश्नोत्तर गर्ने , सूचना लिएको बताउँदै जिल्लाभरका संस्थामा देखिएको अवस्था जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना भएको बताउनुभयो । दरवन्दी अनुसार स्वास्थ्यकर्मी नभएको महिला स्वास्थ्य स्वयम्सेविकाको भत्ता समयमा नपाएको , केही औषधीको सुन्य मौज्दात देखिएको बताउनुभयो । स्वास्थ्य संस्थामा अनलाईन रिर्पोटिङ सुरु भएको , सुरक्षित सुत्केरी गराउने बढ्दै गएको , खोपकेन्द्र, गाउँघर क्लिनिक भवन अभाव, स्वास्थ्य संस्थामा महिला पुरुष शौचालय र पानीको अभाव देखिएको , आपतकालिन उपचार सेवाका लागि एम्बुलेन्स अभाव हुने गरेको , एम्बुलेन्स टाटाबाट मगाउदा भाडादर एकरुपता नभएको ,केही ईचार्ज गाउँपालिकामा काज खटिएपछि स्वास्थ्य चौकी सेवा कमजोर देखिएको छलफल भएको थियो ।

छलफलमा संस्थाका अध्यक्ष हेमनाथ खतिवडाले जिल्लाका केही स्वास्थ्य चौकीमा दरबन्दी अनुरुप स्वास्थ्यकर्मी नभएको , केही ठाउँमा समयमै खोप नपुगेको र टिमुरेकौ खैदी लगायतका केही स्थानमा खोप केन्द्र सुचारु हुननसकेको, धुन्चेको ठाडेमा गाउँघर क्लिनिक तथा गोल्जुङमा पनि भनव निर्माणमा ढिलाई भएको बताए । उनले हाकु स्वास्थ्य चौकी भवन निर्माण गुणस्तरिय नभएको सेवाग्राहीले गुनासो गरेको पनि बताए ।

जिल्ला समन्वय समितिका सभापति कुलप्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका तर्फबाट विश्वास नेपालीले प्रस्तुति गरेपछि छलफलको क्रममा जिल्ला स्वास्थ्य प्रमुख डा.गुणनिधी शर्माले सामाजिक परीक्षणले हाम्रो आँखा खोलेको बताउनुभयो । यस क्रममा देखिएका कमीकमजोरीहरु हामीले ध्यानपूर्वक न्युन गर्नुपर्ने बताउनुभयो । सामाजिक परीक्षणका क्रममा तथ्य तथ्यांकहरुको बिश्लेषण गरेर राम्रोसँग प्रस्तुत भएको बताउँदै नयाँ संघीय संरचनामा काम गर्न बानी पर्दै जाने क्रममा रहेकोले केही असहज भएको बिस्तारै सहज हुने बताउनुभयो । उहाँले औषधी जस्तो संबेदनशील चिजको प्रयोग डाक्टरको सिफारिस बेगर किन्न नहुँने कुराको जनचेतना जगाउनुपर्ने बताउनुभयो । औषधी , रासन र फलफुल बितरण गरेजस्तो गर्नु नहुने बताउनुभयो ।

सामाजिक परीक्षणले देखाएको नतिजाले हामी ८० प्रतिसत सफल देखिएका छौं तर स्वास्थ्यमा सतप्रतिसत हुनुपर्ने बताउनुभयो । स्वास्थ्य सेवा लिन जताबाट जहाँ पनि जान सक्ने र जुन क्षेत्रबाट पनि सेवा लिनुपर्ने भएकोले स्वास्थ्यलाईकुनै पनि सिमाना राख्न नहुँने बताउँनुभयो ।
कर्यक्रममा केही खोप केन्द्र , गाउँघर क्लिनिक सुचारु नभएको , सुरक्षित सुत्केरी केन्द्र खोल्न बाँकी रहेका स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी पठाएर बथिङ सेन्टर खोल्नु पर्ने, स्वास्थ्य चौकी भवन निर्माण लामो समयदेखि अलपत्र परेको गोल्जुङ स्वास्थ्यचौकी भवन निर्माण हुनुपर्ने, हाकु स्वास्थ्यचौकी भवन गुणस्तरिय नबनेको विषयमा छलफल भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति , सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापा, कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख दिपक लामिछाने सहभागी हुनुहुन्थ्यो । सामाजिक परीक्षणका क्रममा स्वास्थ्यचौकीमा सेवा लिन आएकाहरुसँग सरकारले प्रदन गर्ने निःशुल्क औषधी पाए नपाएको , स्वास्थ्यकर्मीले गरेको व्यवहार बारे सोधिएको थियो ।

कार्यक्रमको अन्तमा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले कार्यक्रमबाट आफुले धेरै कुरा सिकेको बताउनुभयो । स्वास्थ्य संस्थामा ( टिकट वा केही ) शुल्क लिनाले पनि स्वास्थ्य संस्था र औषधी महत्व बढ्ने र खाँचो परेमात्र औषधी लिन आउने र निःल्क औषधीको अधिकतम सदुपयोग हुने देखिएको बताउनुभयो । नयाँ संरचनामा काम गर्न सहज भईनसकेको बताउँदै पेचकिलाहरु कसिलो पार्दै जानेपर्ने बताउनुभयो ।

Comments

comments