स्वास्थ्य सेवाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

IMG_5094

रसुवा । गाउँगाउँमा स्वास्थ्य सेवाको बारेमा सेवाग्राही र सेवा प्रदाय बीचको सम्बन्ध तथा सेवामा पहुँच बृद्धि गर्न कालिका गाउँपालिकाको २ स्वास्थ्य संस्थामा सामाजिक परीक्षण सम्पन्न भएको छ ।

नेपाल सरकारको सामाजिक परीक्षण निर्देशिका २०६९ अनुरुप स्थानीय सामाजिक संस्थाको छनौट गरी मानवअधिकार तथा सामुुदायिक विकास स्रोत केन्द्रमार्फत स्वास्थ्य सेवाको सामाजिक परीक्षण कार्यक्रम भएको कालिका गाउँपालिकाले जनाएको छ ।IMG_5084

स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेलका अनुसार जिविजिवे ग्रामीण अस्पताल र राम्चे स्वास्थ्य संस्थामा सामाजिक परीक्षण सम्पन्न भयो । समाजिक परीक्षण कार्यक्रम उठेका बिभिन्न सवालमा छलफलमा राम्चे स्वास्थ्य चौकीमा स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष तथा निर्वाचित वडा अध्यक्ष मालफुर्पा तामाङको अध्यक्षतामा भएको सामाजिक परीक्षणमा स्थानीय स्वास्थ्य संस्था ईन्चार्ज उदयकुमार शाह र अनमी अम्बिका दुवाडीले वर्षभरी प्रदान गरिएको सेवाको बारेमा प्रस्तुत गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी शिक्षक, व्यस्थापन समितिको सदस्यहरू शिक्षकहरूसँग अन्तक्र्रियामा स्वास्थ्य संस्थामा स्थानीयवासीहरूको पहुँच, स्थानीयवासीहरूको भोगाईमा स्वास्थ्यकर्मीहरूको व्यवहार, कर्मचारीहरूको नियमितता, गुणस्तरीय सेवा/पारदर्शीता, गाउँघर क्लिनिकको अवस्था, औषधीको उपलब्धता, स्वास्थ्यकर्मीहरूको जवाफदेहीता, महिला स्वमंसेविका, स्वास्थ्य सेवाको क्रमिक सुधारको लागि स्थानीयवासीहरूको सुझाव संकलनको तथा छलफल भयो ।
कार्यक्रममा गाउँपालिका प्रमुख सिताकुमारी अधिकारी पौडेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलानाथ नेपाल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेल गाउँ कार्यपालिका सदस्य कल्पना तामाङ, वडा सदस्यहरु सहभागी भए ।

 

कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका प्रमुख सिताकुमारी अधिकारीले गुणस्तरिय स्वास्थ्य सेवाका लागि सवै सरोकारवालाहरुको उत्तिकै सकरात्मक हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो मर्यादामा सवैजना बस्नु पर्ने महिला स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण भूमिका रहने भएकोले उहाँहरुले ईमान्दार भएर काम गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाले जेष्ठ नागरिकको रक्तचाप र सुगर परीक्षण निःशुल्क गरेको बताउँदै आफ्नो स्वास्थ्यको आफैले सचेत भएर ख्याल राख्ने र समयमा जचाउनुपर्ने बताउनुभयो । यसवर्ष स्वास्थ्यकर्मीहरुको तलवमा मात्र गाउँपालिकाले ३५ लाख रुपियाँ खर्च गरेको बताउँदै स्वास्थ्य अझै घरमा र अन्यत्र सुत्केरी हुने गरेको देखिएकोले संस्थामा सुरक्षित सुत्केरी गराउने बढाउने पर्ने बताउनुभयो । यसवर्ष ५४ जनामा १८ जना मात्र सुत्केरी संस्थामा भएको थियो । सवैखाले कार्यक्रम पारदर्शीहुनुपर्ने बताउँदै आर्थिक पारदर्शीता नभए कार्यक्रमको कुनै पनि अर्थ नरहने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख नारायण पौडेलले सूचना र समन्वयमा कमी देखिएकोले आगामी दिनमा संस्थाका ईन्चार्ज र अरु स्वास्थ्यकर्मीहरुमा त्यस्तो हुन नहँुने बताउनुभयो ।

पौडेलले महिला स्वास्थ्य स्वयमसेविकाले पोशाक र भत्ता गरी वर्षेनी २२ हजार रुपियाँ पाउने बताउनुभयो । सरकारले निःशुल्क भनेका ३८ प्रकारका औषधी समयमा पठाउने र वर्षअन्तमा केही औषधी अभाव भएको स्वीकर गर्दै जिङ्क चक्की प्रदेशबाट खरिद खरिसकेको र आउन ढिलाई भएको बताउनुभयो । गाउँपालिकाबाट आउने अनुदानबाट स्वास्थ्य संस्था आफैले केही औषधी र अन्य व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष तथा संस्था व्यवस्थापन समितिका अध्यक्ष सामाजिक परीक्षण कार्यक्रम राम्रोसँग सहजिकरण गरेर छलफल भएकोमा धन्यवाद दिदैं अझै स्वास्थ्य सेवाको पहुँच नपुगेको ठाउँबाट सहभागी गराउनु सके राम्रो हुने बताउनुभयो । चुनौतिका बीचमा पनि सुत्केरी गराउने कार्यमा स्वास्थ्यकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । साविकको गाविसको जग्गामा प्रिफाईव भवनमा संस्था चलिरहेको छ जग्गा व्यवस्थापन गरेर स्वास्थ्य चौकी निर्माण गर्नुपर्ने बताउनुभयो ।

जिविजिवे ग्रामीण अस्पतालमा सामाजिक परक्षिणअन्तर्गत आम भेला कार्यक्रम स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष रामहरि देवकोटाको अध्यक्षतामा छलफल भयो । छलफलमा महिला स्वंमसेविकाहरू, स्थानीय सेवाग्राही, जनप्रतिनिधी , जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधी, प्रतिनिधी, स्वास्थ्य चौकीको स्वाथ्यकर्मीहरुसँग र आयोजकका सामाजिक परीक्षकहरूको सभागिताामा आमभेलाको आयोजना गरिएको थियो । आम भेलाको सञ्चालन तथा सहजिकरण सामाजिक परीक्षक हेमनाथ खतिवडा र राजु आचार्यले गरेका थिए ।

अस्पताका निमित्त प्रमुख तथा मेडिकल अधिकृत डा उज्वल पौडेलले नेपाल सरकारको निःशुल्क स्वास्थ्य कार्यक्रमको विषयमा र स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा सुविधाको विषयमा जानकारी गराउनुभएको थियो । प्रत्येक २ महिनामा मानशिक स्वास्थ्यका बिशेषज्ञ डाक्टर आउने र सेवा दिने गरेको बताउनुभयो उहाँले हरेक महिनाको अन्तिम साता स्त्रिरोग बिशेषज्ञ आउने र भिडियो एक्सरे गर्ने सुविधालेपनि निरन्रता पाएको बताउनुभयो । टिकट शुल्क जेष्ठ नागरिक, अपाङ्गता भएकालाई छुट हुने र देशभर आमा सुरक्षा कार्यक्रम लागू भएको अस्पतालम सुत्केरी गराउने सरकारले उपलब्ध गराउने रकम पाउने बताउनुभयो । कार्यक्रममा सामाजिक परीक्षणको विभिन्न चरणमा तयार पारिएको गतिविधीहरूको नतिजा तथा सामाजिक परीक्षणका क्रममा देखिएका कुराहरू प्रस्तुतीकरण सामाजिक परीक्षकबाट भयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष लीलाना न्यौपाने, कालिका हिमालय क्याम्पसका सह प्राध्यापक तथा समाजसेवी झंकनाथ न्यौपाने, नीलकण्ठ उच्चमाविका प्राचार्य नारायणप्रसाद देवकोटा, वडा सदस्यहरु, स्वास्थ्य संस्था व्यवस्थापन समिति सदस्यहरु कर्मचारीहरुलगायत ४४ जना सहभागी थिए । भेलामा डा पौडेलले ग्रामीण अस्पतालको कोषमा ५ लाख ८१ हजार ९७० रुपियाँ रहेको समेत जानकारी दिनुभयो ।IMG_5094

कालिका -२ अन्तर्गत प्राङसेमा रहेको गाउँघर क्लिनिक २ वर्षदेखि बन्द गरेर त्यहाँ रहेको, त्यहाँ रहेको स्वास्थ्य परीक्षण गर्ने उपकरण, सामान पनि घरवालाले फिर्ता नदिएको र हाल गोम्बोडाडाँमा खोप केन्द्र तथा गाउँघर क्लिनिक चलेको, प्राथमिक स्वास्थ्य केन्द्र (हाल ग्रामीण अस्पताल) मा संख्यात्मक रुपमा दरवन्दी अनुसार कर्मचारी देखिए पनि स्थायी दरबन्दीको स्टाफ नर्स र मेडिकल अधिकृत डाक्टर नभएको र करारमा भएपनि स्वास्थ्यकर्मी रहेर सेवा पु¥याएको पाईयो । संस्थामा गतवर्ष पनि सामाजिक परीक्षणमा विषय उठान भएको ढल र सफ्टी ट्याङ्कीको समस्या अहिले पनि समाधान भएको नदेखिएको तर अहिले काम अघि बढेको, ग्रामीण अस्पतालको अवधारणा अनुरुप अब १५ सैंयाको अस्पताल सञ्चालन कोठा अपुग हुने ।

Comments

comments