हँसाउने मान्छेको कहालीलाग्दो जिन्दगी

चार्ली च्याप्लिनको आत्मकथा

वैशाख, ६ – अप्रिलको पहिलो दिन एकअर्कालाई झुक्याएर हँसाउने र जोक गर्ने अवसरको रुपमा लिइन्छ । यही अप्रिल एकजना हँसाउने र जोक गर्ने कलाकार जन्मेको महिना पनि हो । चलचित्रमा रुची भएका सबैले चार्ली च्याप्लिनको नाम सुनेकै छन् ।
ठुलाठुला जुत्ता, ह्वार्ल्याङ्गे पाइन्ट, सानो टोप, सानो कोट, छोटा जुँगा, बेतको लौरो टेकेर बुङ्चुङ बुङ्चुङ हिँड्ने मान्छे सम्झने बित्तिकै सबैको आँखा अगाडि चार्लीकै तस्बिर झल्किन्छ । हाँसो, मनोरञ्जन, अर्थ, राजनीति व्यंग्य, प्रेम, आँसु, पीर व्यथा सबै प्रस्तुतीकरणमा खप्पिस चार्ली संसारकै चर्चित कलाकार हुन् ।

उनका चलचित्र हेर्न बसेपछि दर्शकहरु सुरुमा रमाएर हाँसछन्, त्यसपछि अव्यवस्थित र असमाना सामाजिक परिस्थितिका वास्तविक तथ्य बुझेर मन अमिलो बनाउँछन् ।

एकैपटक दर्शकलाई हँसाउने र रुवाउने क्षमता भएका चार्लीको जीवनमा भने कहिल्यै हाँसो र खुशी आएन । सधैं अभाव र व्यथामा बाँच्नुपर्‍यो । उनका मातापिता दुवैजना लन्डनमा रंगमञ्चहरुमा काम गर्ने व्यवसायिक कलाकार थिए ।
उनी सन् १८८९ अप्रिल १६ को दिन लण्डनमै जन्मिएका थिए । उनका बाबु धेरै रक्सी सेवन गर्थे । ३६ वर्षको उमेरमा बाबुको मृत्यु भयो । एक्ली आमाले उनी र दाजु सिड्नीलाई निकै कष्ट सहेर हुकाईन् ।

पाँच वर्षको उमेरदेखि नै चार्लीले धेरैपटक रंगमञ्चहरुमा बाल कलाकारको रुपमा काम गर्न थाले । अभाव र गरिबी झेलेका चार्ली सडकमा भोकभोकै भौंतारिन्थे । फूल बेच्ने, पसल र घर कुर्ने काम गर्दागर्दै उनले विद्यालयमा पढ्ने अवसर पाएनन् ।
जिन्दगी अभाव र पीडामा रुमल्लिएपनि उनको क्षमता अद्भूत थियो । रंगमञ्चमा उनले देखाएको प्रस्तुतिको सबैतिर चर्चा हुन थाल्यो । सन् १९१३ मा उनी लण्डनबाट अमेरिका गए र त्यहाँको चलचित्रमा जम्न थाले ।
चार्ली च्याप्लियनको जिन्दगी कति धेरै कष्टपूर्ण थियो भन्ने कुरा उनको आत्मकथा पढ्दा झन बढि स्पष्ट हुन्छ । उनको आत्मकथा यस्तो छ स्
मलाई आमाको याद आउने सुरुका घटना थियटरसँग सम्बन्धित छन् । त्यतिवेला म साढे तीन वर्षको हुँदो हुँ । ती दिन, हाम्रा बाल्यकालका सबैभन्दा रमाइला दिन थिए । आमा प्रत्येक साँझ थियटर जानुहुन्थ्यो । जानुअघि म र मेरो दाइ सिड्नीलाई बेडमा सुताएर जानुहुन्थ्यो ।
हामीलाई हेर्ने एउटी कामदार थिइन् । हामी बिहान उठ्दा डाइनिङटेबलमा रंगिबिरंगीका केक या मिठाई राखिएका हुन्थे । ती चिज दैनिक पाउन एउटै सर्त थियो । हल्ला नगर्ने । किनकि आमालाई बिहान अबेरसम्म सुत्नुपर्थ्यो । हामीलाई शान्त गराउन उहाँ राति नै ती खानेकुरा प्लेटमा राखेर सुत्नुहुन्थ्यो ।
त्यसवेला मलाई सबै कुरा सम्भव लाग्थ्यो । मेरो दाइ मभन्दा चार वर्ष जेठो थियो । उसले त्यतिवेला सिक्का निल्थ्यो र टाउकोपछाडिबाट निकाल्थ्यो । मलाई लाग्थ्यो म पनि सक्छुु । मैले एकदिन सिक्का निलेर टाउकोपछाडिबाट निकाल्ने निर्णय गरेँ । मैले निलेँ, तर सिक्का मेरो टाउकोपछाडिबाट निस्किएन बरु घाँटीमा अड्कियो । बेकारमा मेरो आमालाई डाक्टर बोलाउनुपर्यो ।
आमा त्यतिवेला ३० वर्ष हाराहारीमा हुनुहुन्थ्यो । उहाँ बहुप्रतिभाशाली कलाकार हुनुहुन्थ्यो । थियटरबाट साताको २५ पाउन्ड कमाउनुहुन्थ्यो । उहाँको अनुहारको रंग गोरो थियो, बैजनी नीलो आँखा थियो, हल्का र कैलो कपाल थियो ।
उहाँको कपाल यति लामो थियो कि त्यसमाथि सजिलै बस्न सक्नुहुन्थ्यो । उहाँ असाधारण सुन्दरी नभए पनि हामीलाई स्वर्गको कुनै परी भन्दा कम लाग्नुहुन्नथ्यो । जो मान्छेहरू उहाँलाई चिन्थे उनीहरू भन्छन्, ुसुन्दर र आकर्षक हुनुहुन्थ्यो उहाँमा मान्छेलाई बाँध्न सक्ने क्षमता थियो ।

एकदिन अचानक हामीलाई लाग्यो, आमालाई केही तनाब छ । उहाँ बिहान केही साथीसँग बाहिर जानुभएको थियो, र्फकंदा धेरै भावुक हुनुहुन्थ्यो । आमा रुँदै आर्मस्ट्रङको नाम लिइरहनुभएको थियो । यो भन्यो, त्यो भन्यो आदि । आमाको यस्तो अवस्था हामीले कहिल्यै देखेका थिएनौं ।

आमा हत्तपत्त रुनुहुन्नथ्यो । आमा रोएको देखेर म पनि रुन थालेँ । म यति रोएँ कि आमाले मलाई काखमा लिएर फुल्याउनुभयो ।
पछि मलाई थाहा भयो आमा अदालतबाट र्फकनुभएको थियो । आमाले मेरो बुबाको विपक्षमा मुद्दा दायर गर्नुभएको थियो, भरण-पोषणको खर्च दिलाइपाउँ भनेर । र, त्यो आर्मस्ट्रङ मेरो बुबाको वकिल थियो ।

म बुबालाई निकै कम जान्दथेँ । त्यतिवेला मैले मुस्किलले दुईपटक मात्र भेटेको थिएँ, सायद । उहाँ पनि बहुप्रतिभाशाली कलाकार हुनुहुन्थ्यो । एकदम शान्त र चिन्तनशील । उहाँका आँखा धेरै काला थिए ।

आमा भन्नुहुन्थ्यो उहाँ हुबहु नेपोलियनजस्तो देखिनुहुन्थ्यो । उहाँको मसिनो स्वर थियो । अभिनयमा उहाँलाई गजबको कलाकार मानिन्थ्यो । त्यस समयमा पनि उहाँ साताको ४० पाउन्ड कमाउनुहुन्थ्यो । उहाँको नराम्रो एउटै पक्ष थियो रक्सी धेरै पिउनुहुन्थ्यो । त्यही नै थियो आमा र बुबाबीचको मुख्य झगडाको कारण । रक्सी पिउनु सुरुमा बुबाका लागि बाध्यताजस्तो थियो ।

त्यतिवेला रक्सी थियटरमै बेचिन्थ्यो । कलाकारले प्रस्तुतिपछि ग्राहकसँग बसेर रक्सी पिउनुपर्थ्यो । केही थिएटर त नाटक देखाएर कम र रक्सी बेचेर धेरै पैसा कमाउँथे । त्यसले बुबालाई रक्सीको लत लगायो । अनि त्यही रक्सीकै कारण मेरो बुबाको ३७ वर्षको उमेरमै मृत्यु भयो ।
आमा उदास भएर उहाँको कहानी बताउनुहुन्थ्यो । रक्सी खाएपछि बुबा उग्र हुँदै जानुहुन्थ्यो रे १ त्यस्तैमा एकदिन आमा साथीहरूसँग ब्राइटनु भाग्नुभएछ । बुबाले तुरुन्त खबर पठाउनुभएछ तिम्रो विचार के हो रु आमाले खबर फिर्ता पठाउनुभएछ नाच्ने, गाउने, पार्टी र मोजमस्ती गर्ने डार्लिङ ।
मेरो आमा १८ वर्षको उमेरमा एक अधवैंशे मानिससँग अपिmका भाग्नुभएको थियो । त्यही वर्ष सिड्नीको जन्म भएको थियो । मलाई बताइएअनुसार, उसको बाबु धनाढ्य सामन्ती थियो ।
आमा मीठो गाउनुहुन्थ्यो । तर, उहाँको घाँटी खराब भइरहन्थ्यो । सामान्य चिसोले पनि असर गर्थ्यो । आमाको स्वर विस्तारै सुक्दै थियो ।
एकदिन एउटा भयंकर घटना घट्यो । त्यसले हाम्रो दैनिक जीवनलाई ध्वस्त बनाइदियो । म जम्मा पाँच वर्षको थिएँ । आमा मलाई सँगै थियटर लिएर जानुहुन्थ्यो । त्यतिवेला आमा कैटिन एट द अल्डरसटुमा काम गर्नुहुन्थ्यो ।
त्यो फोहोर र जसोतसो चलिरहेको थियटर थियो । धेरैजसो फौजी त्यो थियटरमा आउँथे । उनीहरूलाई निहुँ खोज्न सामान्य कारण भए पुग्थ्यो । त्यो नाटकघरमा एक साता बिताउनु पनि ठूलै साहसको कुरा थियो ।
मेरो आमा गाउन स्टेजमा जानुभयो । म छेउमा बसेर हेरिरहेको थिएँ । आमाको आवाज सुकेको थियो । एकैछिनमा सासले गाउन थाल्नुभयो । श्रोताहरू अब उत्तेजित भए । उनीहरू मुखमा आएको बोल्न थाले ।
कोही कोहीले त कुकुर बिरालाको आवाज निकालेर जिस्क्याउन सुरु गरे । आमाले त्यसलाई थेग्न सक्ने कुरै भएन । उहाँ अत्तालिँदै भित्र पस्नुभयो । त्यहाँ के भइरहेको थियो, मैले मेसो पाउन सकिनँ । आमा स्टेजम्यानेजरसँग बहस गरिरहनुभएको थियो ।
उसले मलाई एउटा हातले समाएर स्टेजमा लग्यो । तब मैले थाहा पाएँ, आमासँग मलाई स्टेजमा पठाउने विषयमा बहस भइरहेको थियो । उसले मलाई आमाको साथीको अगाडि अभिनय गरेको देखेको थियो । उसले मेरो परिचय दियो र गयो । अब म स्टेजमा एक्लै भएँ । मैले गाउन सुरु गरेँ । आरकेस्ट्राले मेरो साथ दिइरहेका थिए । एकछिनमा मैले त्यतिवेलाको हिट गीत जैक जोन्स गाउन सुरु गरेँ ।
मैले आधा मात्रै गीत के गाएको थिएँ, स्टेजमा सिक्काको वर्षा भयो । मैले तत्काल घोषणा गरें । पहिला म पैसा टिप्छु अनि गीत गाउँछु ।ु यसमा धेरै मानिस हाँस्न थाले । स्टेजम्यानेजर आयो र रुमालमा सिक्का बटुल्न थाल्यो । मलाई लाग्यो कि त्यो सिक्का उसले आफूसँग राख्न चाहन्छ ।
मैले दर्शकलाई त्यो कुरा पनि भनेँ । मानिस हाँसेको हाँस्यै भए । त्यतिवेला ऊ रुमाल लिएर जाँदै थियो । म भने पछि पछि दौडँदै थिएँ । उसले आमाको हातमा त्यो सिक्का नराखिन्जेल म गाउन स्टेजमा आइनँ । आमाको हातमा सिक्का परेपछि मात्रै म सहज भएँ ।
म नाचेँ, विभिन्न नक्कल गरें, मैले आमाको आयरिस मार्च थिमको पनि नक्कल गरें । मैले गीत गाउँदा गाउँदै आमाको सुकेको आवाजको पनि नक्कल गर्न पुगें । यसले दर्शकमा गजबको असर पर्यो । उनीहरू पेट मिचिमिचि हाँस्न थाले । फेरि सिक्काको वर्षा हुन लाग्यो । जब आमा स्टेजमा मलाई लिन आउनुभयो, दर्शकले जमेर ताली बजाए । त्यो रात मेरो पहिलो सो थियो, आमाको अन्तिम ।
हामीलाई अदालतले भरण९पोषणका लागि बुबाबाट साताको १० सिलिङ दिन लगाएको थियो । केही समय त नियमित आयो । तर, बाबुको रक्सी खाने बानीका कारण थियटरमा कम काम पाउन थाले । हामीले पाउने १० सिलिङ पनि कम हुँदै गयो । आमाको काम पूरै बन्द भयो ।
उहाँले केही रकम जगेडा गरेर राख्नुभएको थियो । त्यो पनि अब क्रमशः कम हुँदै गयो । हाम्रो घरबाट कामादार हटायौं । तीन कोठामा दुई कोठा र दुईबाट एक कोठाको घरमा सर्यौँ । यससँगै अब हाम्रो छिमेकीस्तर पनि घट्दो थियो । अनि हाम्रो घरको सामान पनि ।
सबै सामान बेच्दा अब आमाको थियटरको पोसाक मात्र बाँकी थियो । आमाले त्यसलाई यो आशमा सम्हालेर राख्नुभएको थियो कि उहाँको आवाज र्फकन्छ र फेरि थियटरमा काम गर्न जानुहुन्छ । आमा त्यो बीचमा थरीरथरीको अभिनय गरेर देखाउनुहुन्थ्यो । हामी ओक्ले स्ट्रिटुमा एउटा कोठामा बस्दाको कुरा बिर्सन्न । म भर्खर ज्वरोबाट उठेको थिएँ ।
सिड्नी रातिको स्कुल गएको थियो । आमा भित्ताको अडेस लगाएर न्यु टेस्टामेटु पढिरहनुभएको थियो । अभिनय पनि सँगसँगै गर्दै हुनुहुन्थ्यो । उहाँले यशूको विषयमा सम्झाउन गरेको अभिनय बेजोड थियो । त्यस्तो अभिनय मैले अहिलेसम्म देखेको छैन, सुनेको पनि छैन । रातिसम्म आमाले पढिरहनुभयो ।
आमाले मलाई यशूमाथि भएका अत्याचारबारे बताउनुभयो । यशूलाई कसरी निर्वस्त्र गरियो, उनको निधारमा कसरी किला ठोकिए, यो सबै सुनाउँदा आमाको गालामा आँसु झरेको थियो । आमाले मलाई यति भावविह्वल बनाउनुभयो कि म मरेर यशूसँग जान चाहन्थें । तर, आमा उत्साहित हुनुहुन्थ्यो । उहाँले भन्नुभयो यशूले पूरै जिन्दगी बाँच्नुपर्छ, त्यसैले अहिले मर्ने कुरा गर्नुहुन्न ।
हामीसँग लुगा लगाउन पैसा पनि हुन्नथ्यो । अहिले खाए भरे के खाने रु भन्ने स्थितिमा थियौँ, हामी । धेरै जाडो थियो, सिड्नीको कपडा कम हुँदै गएको थियो । त्यसैले आमाले आफ्नो पुरानो रेशमी ज्याकेटमध्येबाट एउटा कोट सिलाइदिनुभएको थियो ।
त्यो कोटमा कालो र रातो मिसिएको धारिलो बाहुला थियो । सिड्नीले त्यो कोट लगाउन अस्वीकार गर्यो । कारण बतायो मलाई स्कुलमा जिस्क्याउँछन् ।ु आमाले फकाउनुभयो९ ुयति राम्रो कोट छ । तिमीलाई राम्रो सुहाएको छ ।
कसले के भन्छ वास्ता गर्नुहुन्न । आमाले सम्झाउने तरिका यति सानदार थियो कि सिड्नी कोट लगाउन तयार भयो । त्यो कोट र आमाको अग्लो हिल काटेर बनाएको जुत्ता लगाउँदा सिड्नीको स्कुलमा धेरैपटक झगडासमेत भयो । उसलाई सबै केटा ुजोसेफ र उसको रंगिबिरंगी कोटु भनेर जिस्क्याउँथे ।
सिड्नी स्कुलबाट समय निकालेर पत्रिका बेच्न जान्थ्यो । त्यसले हात्तीको मुखमा जिरा हुथ्यो । एकदिन सिड्नी चिच्याउँदै आयो । उसको हातमा एउटा पैसाको थैली थियो । उसले पत्रिका बिस्तारामा फ्याँक्दै भन्यो मैले एउटा पैसाको थैली भेट्टाएको छु ।ु आमाले त्यो थैली खोलेर हेर्नुभयो, त्यहाँ चाँदी र सुनका सिक्का थिए । आमाले तत्काल त्यसलाई बन्द गर्नुभयो र बिस्तारामा पल्टिनुभयो ।
सिड्नी पत्रिका बेच्न बसमा चढ्ने गर्थ्यो । उसले बसको माथिल्लो तलाको सिटमा त्यो थैली देखेछ । त्यो थैलीमाथि उसले पत्रिका राख्यो र पत्रिकासँगै त्यो थैली पनि उठाएर बसबाट उत्रियो र टाप कस्यो ।
अलि पर पुगेर एउटा होर्डिङ बोर्डको पछाडि उसले खोलेर हेर्यो । मेरो मुटु अझै धड्किरहेको छ, सिड्नीले उत्साहित हुँदै भन्यो । हामीले त्यो थैली पूरै टकटक्यायौँ । त्यसको भित्र एउटा गोजी थियो । त्यसमा थप सातवटा सुनका सिक्का थिए । हाम्रो खुसीको सीमा रहेन । त्यो पर्समालिकको अत्तोपत्तो थिएन । त्यसैले त्यसको मालिकप्रति दुःखी हुँदै हामीले त्यो पैसा चलाउने निर्णय गर्यौँ ।
त्यसपछि हाम्रो शरीर नयाँ लुगाले ढाकियो । हामी आमालाई निको भएपछि समुद्रतटमा घुम्न गयौँ । बिस्तारै हाम्रो त्यो खजाना पनि सकियो । आमाले जागिर खोज्ने कति कोसिस गर्नुभयो, पाइएन । अब आमाले सिलाउने मेसिनसमेत किस्तावालाले उठाएर लगे ।
बुबाले पठाउने १० सिलिङसमेत बन्द भयो । झोंकमा आमाले अर्को वकिल राख्ने सोच्नुभयो । उसले आमासँग पैसा नभएको देखेपछि सल्लाह दियो, कुनै वर्कहाउसमा भर्ना हुनूस् । आमासँग दुईवटा बच्चा पाल्ने बोझ थियो, त्यसमाथि आफ्नो स्वास्थ्य खराब । हामीलाई नयाँ वकिलले सल्लाह दियो, कुनै वर्कहाउसमा भर्ना हुनूस्, त्यसले हाम्रा बुबालाई रकम भर्न दबाब दिनेछ ।
हामीले वकिलको कुरा मानेर या भनौं बाध्यताले लेम्बेथको वर्कहाउसमा भर्ना भयौँ । हामीलाई थाहा थियो, त्यहाँ बस्न दिक्क हुनेछ । तैपनि, हामीलाई लाग्यो एउटा कोठाको फोहोरमा बस्नुभन्दा त्यहाँ केही त फरक होला । त्यो सपना गेटमा पुग्न नपाउँदै तुहियो । हामीलाई बच्चाको वार्डमा राखियो । आमालाई महिला वार्डमा । आमा एक साताभित्रै बूढी देखिन थाल्नुभएको थियो । आमा यति तनाबमा हुनुहुन्थ्यो कि एकदिन हामीले सुन्यौँ आमालाई पागलखाना लगियो ।
केही समय वर्कहाउसमा बसेपछि हामीलाई अदालतले बाबुको जिम्मा लगायो । अब हामी बुबा र उहाँकी अर्की श्रीमती लुइससँग बस्न थाल्यौँ । त्यहाँ एउटा सानो बच्चा पनि थियो । त्यो मेरो भाइ थियो । लुइसले हामी दुई भाइलाई राम्रो व्यवहार गर्दिनथिन् ।
सिड्नीलाई झनै गर्दिनथिन् । बीचमा हाम्रो कारणले लुइस र बाबुको झगडासमेत भयो । कैही महिनामा लुइसले एउटा चिठी पाइन् । त्यसमा लेखिएको थियो आमा पागलखानाबाट छुट्नुभयो ।ु त्यसको एकरदुई दिनमा घरबेटी आएर भनिन्९ हाम्रो ढोकामा कुनै महिला खडा छ । लुइसले भनिन त्यो तिम्रो आमा हो । सिड्नी कुद्दै आमालाई अँगालो हाल्न पुग्यो । हामीले सामान प्याक गर्यौँ । यतिवेला भने लुइसले सिड्नीलाई राम्रोसँग बिदा गरिन् ।
अब हामी आमासँग बस्न थाल्यौं । उहाँले सानो कोठा लिनुभएको थियो । अब आमाले मलाई नाटकप्रति रुचि बढाउनतिर लाग्नुभयो । उहाँले ममा यो भावना जगाउनुभयो कि ममा पनि केही प्रतिभा छ ।
मेरो बुबाले मिस्टर ज्याक्सनलाई चिन्नुहुन्थ्यो । उहाँले आमालाई मनाउनुभएको थियो, मलाई थियटरमा लैजान । ती ज्याक्सन एउटा ट्रुपका सञ्चालक थिए । मलाई उनले आफ्नो मण्डलीमा लिए । ६ साताको अभ्यासपछि म मण्डलीमा नाच्न सक्ने भएँ । म नाच्न पाएकोमा खुसी थिइनँ ।
जब कि म त्यतिवेला आठ वर्ष मात्रै पुगेको थिएँ । त्यसमा मेरो पैसा धेरै पाउने स्वार्थबाहेक अर्को स्वार्थ यो पनि थियो कि म नाच्ने झन्झटबाट मुक्त भएर खुला अभिनय गर्न चाहन्थेँ । क्रिसमसको दिन हामीलाई लन्डन हिप्पोड्रममा बिरालो र कुकुरको मौन अभिनय गर्ने मौका मिल्यो ।
भान्छाको एक दृश्यमा मलाई उनीहरूसँग गर्न एक रमाइलो दृश्य दिइयो । म बिरालो बनेको थिएँ । मार्सलिन एक कुकुरपछाडिबाट आएर ममाथि लड्नेवाला थिए । म दूध पिउँदै थिएँ । उनी सधैँ गुनासो गर्थे कि म राम्रोसँग कम्मर झुकाउँदिनँ । मैले बिरालोको मुखुन्डो लगाएको थिएँ ।

म कुकुरको पछाडि गएँ र सुँघ्न थालेँ । दर्शक हाँस्न थाले । मैले बिरालोको आँखा बन्द हुने डोरी तानेँ । मैले सुँघ्दै डोरी तान्दै गर्न थालें । स्टेजम्यानेजर आएर अन्धाधुन्ध हात हल्लाउन थाल्यो । मैले वास्तै नगरी आफ्नो काम गरिरहें ।

कुकुरलाई सुँघेपछि मैले रंगमञ्च सुँघे र खुट्टा उचालें । उसले मसँग रिसाउँदै भन्यो यस्तो काम फेरि नगर्नू, यसरी त तिमीले यो थियटर बन्द गराउँछौ । यसो भन्दा उसको सास फुलिरहेको थियो ।

Comments

comments