हजार चालक कारबाहीमा

धुन्चे, रसुवा
तोकिएको क्षेत्रभन्दा बाहिर गई सवारी ऐन नियमको उल्लङ्घन गर्ने सवारीचालकलाई रसुवा ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ ।

अनुमतिबेगर रसुवाको पासाङल्हामु मार्गमा यातायात चलाउने ट्रक, बस, जिप, कारलगायतका केही सवारीचालकले छतमा यात्रु राख्ने, मानिस बोक्नुपर्नेमा सामान र सामान बोक्नुपर्नेले मानिस बोक्नेजस्ता कार्य गरी ऐननियमको उल्लङ्घन गर्ने गरेका छन् ।

जिल्ला ट्राफिक प्रमुख नवराज खड्काले साउनदेखि अहिलेसम्म एक हजार दुई सयजना सवारीचालकलाई कारबाहीस्वरूप जरिवाना गरी रु। चार लाख ९७ हजार राजस्व दाखिला गरिएको बताए । मोटरसाइकलचालकमा भने क्रमशः ट्राफिक नियमको पालना गर्ने प्रवृत्ति बढ्दै गएको पाइएको बताइएको छ । रसुवागढी नाका खुलेपछि यहाँ आउने ट्रक–कन्टेनर भारी मात्रामा आउन थालेको र मार्गको अनुमतिबिना चालकले बलजफ्ती चलाउन लागेपछि कारबाही अगाडि बढाउनुपरेको ट्राफिक प्रहरीले जनाएको छ ।

Comments

comments