हिमझरी

phurpa Tamang 2012
कविता
फुर्पा तामाङ
हिँउदमा हिम-झरी
हिमालका हिउँ-परी
तिम्रो आगमनमा
म रम्नेछु
तिमी आकाशबाट
कपास झैं झर
म कुरी बसेको छु
तिमीलाई छुन
मेरो औंला पर्खिबसिरहेछ
तिमी वर्षमा एकपटक
जसरी हुन्छ वर्सिदेऊ
तिमी हिमवर्षा भएको
तिमी हिम-परी भएको
म/हामीलाई हेर्न मन छ
तिमी आउँदा
केटाकेटी रमाउनेछन्
ठिटाठिटी नाच्नेछन्
बुढाबूढी गफिनेछन्
किसानहरु मख्ख पर्नेछन्
धर्ती सिंचन हुनेछ
फसल सप्रिनेछ
त्यसैले तिमी आऊ
सबैको प्यारो हिम-झरी
तिमी साँच्चै हिम-परी…

Comments

comments