हिमाली आयोजनाो संयुक्त अनुगमन

Himali

धुन्चे, रसुवा
हिमाली आयोजनाको सहयोगमा रसुवामा सञ्चालित विभिन्न उपआयोजनाको जिल्ला स्थित बिभिन्न सरोकारवाला निकायले संयुक्त रुपमा अनुगमन गरेका छन् । नेपाल सरकार तथा एसियाली विकास बैंकको सहयोगमा आयोजनाले विभिन्न ६४ वटा उपआयोजनाका लागि अनुदान उपलब्ध गराएको छ ।

उच्चपहाड कृषि व्यवसाय तथा जिवीकोपार्जन सुधार आयोजना मार्फत रसुवामा माछा, तिराईतो, बाख्रा पालन लगयतका गरी बिभिन्न आयोजनामा कृषकहरुको लगानी रहेको बताइएको छ । यस मध्ये माछा, चिराईतो र बाख्राफर्म गरी धुन्चे र स्याफ्रुका ७ आयोजनाको अनुगमनमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरु ,पत्रकार नागरिक समाज र राजनीतिक दलहरुको संयुक्त अनुगमन भएको थियो ।

हिमाली आयोजनामा राष्ट्रिय टिम लिडर दलराम प्रधान , जिल्ला कृषि विकास कार्यालय , जिल्ला पशु सेवा कार्यालयको पनि सहभागिता रहेको थियो । रसुवाका हिमाली क्षेत्रमा बसोबास गर्ने किसानहरुले चौरी, याक, नाक पालन , चिराइतो खेती , उन्नत गाईपालन तथा दुध उत्पादन , डेरी , बाख्रापालन तथा मासु उत्पादन , रेन्वोट्राउट , भेडा, च्याङ्ग्रा , तरकारी खेती र बंगुर पालन व्यावसाय जस्ता उप आयोजनाहरुको कार्यन्वयन भएको छ । ६४ वटा आयोजनाबाट कुल ८ करोड २६ लाख ९९ हजार ५ सय ३७ रुपियाँ लगानी भएको आयोजनाले जनाएको छ ।

Comments

comments