१०७ औं अन्तर्राष्ट्रिय नारी दिवस रसुवामा पनि मनाईयो

फागुन २५ गते, रसुवा
१०७ औं अन्तर्राष्ट्रिय नारी दिवस आज रसुवामा पनि विभिन्न कार्यक्रम गरी मनाईंएको छ । महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने मुल नारा का साथ महिला तथा बालबालिका कार्यलय रसुवा तथा महिला सहकारी सस्थाको आयोजनामा सदरमुकाम धुन्चे, कालिकास्थान लगायत जिल्ला भरिनै बिबिध चेतनामुलक कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा आज विहानै सदरमुकाम धुन्चेमा याली सहित चेतनामुलक कार्यक्रम गरिएको छ ।
महिला अधिकारका लागि कार्यरत विभिन्न संघ संस्थाको सहयोगमा धुन्चे स्वागतद्धारदेखि निकालिएको याली बालमन्दिरमासभामा परिणत भएको थियो ।

दिवसको अवसरमा सभालाई सम्बोधन गर्दै सासंद छोवाङ तेन्जिन तामाङले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको भन्दै देश विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीको समान सहभागिता जरुरी रहेको उल्लेख गर्नुभएको छ । उहाले एक हातले हाली नबज्ने हुदाँ अधिकारको लागि महिलाहरु अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सभाका सहभागीहरुले महिलाविरुद्ध हुने हिंसा, महिला शसक्तिकरण, महिला अधिकार लगायतको बिषयमा चर्चा परिचर्चा गरेका थिए ।
महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष मार्च ८तारिखमा नारी दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९७४ देखि नारी दिवस मनाउन थालिएको हो ।

सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका एक सय जना महिला अधिकारवादीको अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्षको ८ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।

सन् १९५७ मा अमेरिकाको गार्मेन्टमा काम गर्ने श्रमिक महिलाले निश्चित घण्टाको काम हुनुपर्ने मागसहित गरेको प्रदर्शनलाई विश्व महिला आन्दोलनको सुरुवातको रुपमा लिने गरिन्छ । महिला अधिकारवादीले नेपालमा महिलाको अवस्थामा अझै अपेक्षित सुधार नआएको भन्दै हक अधिकारको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै आएका छन् । यस दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको थियो । कार्यक्रम महिला बालबालिका कार्यालयको आयोजना र सबल कार्यक्रम ल्याकोसको सहयोगमा भएको थियो । त्यसैबीच कालिकास्थानमा पनि एक अन्तक्र्रिया कार्यक्रम भएको छ । नेपाल कृषिबन प्रतिष्ठान, स्वास , जिल्ला भूमिअधिकार मञ्च, आत्मनिभैर केन्द्र लगायतका सामाजिक संस्थाले संयुक्त रुपमा एका अन्तक्रिया आयोजना गरेका थिए ।

Comments

comments