१०८ औं श्रमिक महिला दिवस , क्षमता अभिबृद्धिमा जोड्

IMG_20180308_141742

रसुवा , फागुन २४ गते । १०८ औं श्रमिक महिला दिवसका अबसरमा भएको अन्तत्र्रिmयामा नेतृत्व , सिपमुलक तालिम तथा क्षमता अभिबृद्धिमा जोड् दिएका छन् ।

कालिका हिमालय क्याम्पसमा भएको “आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा सहरी महिलाको जीवनयापन स्तरमा रुपान्तरण ” विषयक अन्तक्र्रियामा प्रमुख अतिथी कालिका गाउँ पालिका अध्यक्ष सिता पौडेल अधिकारीले ग्रामीण महिलाहरुको शसक्तीकरणका लागि नेतृत्व तथा सिप विकास र आय मुलक कार्यमा जोड् दिनुपर्ने बताउनुभयो । योजनाहरुको उपभोक्ता समितिहरु महिलाको नेतृत्व लिन थालेकोमा खुशी ब्यक्त गर्दै उहाँले गाउँ गाउँबाट त्यस्ता खाले मागहरु महिलाहरुले ल्याउनु पर्ने बताउँदै महिलाहरुको उत्थानमा लागि गाउँ पलिकाले ध्यान दिने बताउनुभयो ।

गाउँ पालिका उपाध्यक्ष भवानी न्यौपानेले सिप सिकेर आय बृद्धि गर्न जोडदिदै तालिम र भत्ताको पछि लाग्न नहुने बताउनुभयो । उहाँले संबिधानले प्रदान गरेको अधिकार बारे सचेतहुँदै नयाँ तरिकाले कृषि उद्यम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भूमिअधिकार महिला कृषि सहकारी संस्थाका अध्यक्ष पुतली तामाङले आफुले भूमिको अभियानमा लागेर आफ्नो कुरा बोल्न र नेतृत्व गर्न सिकेको बताउदै सामाजिक अभियानमा लागेर महिलाहरु सशक्त हुने बताउँनुभयो । कार्यक्रममा राष्ट्रिय भूमिअधिकार मञ्चका योगमाया ढकाल, मिठू तामाङलगायतले आफ्नो धारणा राख्नुभयो । त्यसैगरी नौकुण्ड गाउँपालिकामा पनि नेपालको संबिधानमा महिला अधिकार विषयक अन्तत्र्रिmया भएको गाउँ पालिका उपाध्यक्ष सिर्जना लामाले बताउनुभयो ।

उत्तरगया गाउँ पालिकामा पनि श्रमिक महिला दिवसका ¥याली तथा सभा भएको गाउँ पालिका उपाध्यक्ष चमेली गुरुङले बताउनुभयो । त्यसैबीच उत्तरगया गाउँ पालिकामा एकीकृत घुम्ती शिबिर आयोजना भएको छ । खाल्टेमा सुरु भएको शिबिरमा नेपाली नागरिकता प्रमाणपत्र , निःशुल्क स्वास्थ्य शिबिर आयोजना भएको छ ।

Comments

comments