रसुवा– १७ किलो अवैध सुन ओसार पसारमा संलग्न रहेका कार्साङ दावा तामाङलाई जिल्ला अदालत रसुवाले उनलाई तीन वर्ष कैद र आठ करोड १४ लाख ९८ हजार जरिवाना फैसला सुनाएकाे छ ।
पुर्पक्षका लागि थुनामा रहेका रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङका ३१ वर्षीय तामाङलाई रसुवा कारागार चलान गरिएको हो। अदालतको फैसला अनुसार उनलाई तीन वर्ष कैद र आठ करोड १४ लाख ९८ हजार जरिवाना तोकिएको छ । अदालतले तोकेको जरिवाना तिर्न नसक्ने बताएपछि कैद र जरिवाना वापत लाग्ने कैद पछि कैदी पूर्जी पठाउने गरी थुनामा यथावत राख्न पत्र पठाएको जिल्ला अदालत रसुवाले जनाएको छ ।
चीनको केरूङबाट अवैध रुपमा बोलेरोमा सुन लुकाएर ल्याउँदै गर्दा सीमा प्रहरी चौकी टिमुरेले गत मंसिर २ गते रसुवागढी नाकाबाट पक्राउ गरेको थियो । केरूङबाट नेपालतर्फ आउँदै गरेको बा ११ च ७९१८ नम्बरको बोलेरोमा फल्स बटम बनाई सुन ल्याएको विशेष सुराकी पाएपछि गाडीको जाँच गर्ने क्रममा सुन फेला परेको थियो ।
Related Posts
- रसुवा भन्सारका अधिकृत आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
- भूमिसमस्या समाधानका लागि प्रधानमन्त्री र मुख्यमन्त्रीलाई माग पत्र पठाइयो
- जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण तथा न्यानाे कपडा बितरण
- पूनर्निमाणको जिम्मेवारी स्थानीयतहलाई
- रसुवामा उत्थानशील नेपाल परियोजना सुरु
- नांगो डाँडामा प्रसारण लाइन बनाउन रोक