हजार भन्दा बढी फलफुल र रैथाने जातका विरुवा रोपियाे

LNP

रसुवा , जिल्लाभर बिभिन्न समुदायिक वा उपभोक्तहरु र वातावरणसँग सम्बद्ध संस्थाहरुले विश्व वातावरण दिवसका अवसरमा १ हजार भन्दा बढी फलफुल र रैथाने जातका विरुवा रोपेका छन् ।

“प्लास्टिक प्रदुषण निर्मुल पारौं ,पुनः प्रयोग गर्न नसके बहिष्कार गरौं ” वातावरण स्वच्छ्ताको परिकल्पना एक दिनको दिवसले सम्भव छैन । बरु आउनुस आ -आफ्नो क्षेत्रबाट प्लास्टिक जन्य पदार्थ र वातावरणलाई ह्रास हुने खालको कृयाकलापलाई निर्मुल पार्दै । वातावरण स्वाछ्ताको अभियानमा एक भएर लागौ भन्ने नाराका साथ विश्व वातावरण दिवसको अवसरमा रसुवामा १ हजार भन्दा बढी फलफुल र रैथाने जातका विरुवा रोपिएको छ ।DPO

दिवसकाे अवसरमा  जिल्ला प्रशासन कार्यालय र लाङटाङ राष्ट्रिय निकुञ्जले पनि रैथाने जातका विरुवाको वृक्षारोपण गरिएको हो । निकुञ्जले रैथाने प्रजातीका ७ सय भन्दा बढी विरुवा रोपेको हो । गुरास, पाटेसल्ला, रानी सल्ला, धुपी सल्ला र उत्तिसको विरुवा रोपिएको प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना, हरित युवा पर्यटन विकास समाज ( जिवाइटिडिएस) लगायतको सहकार्यमा विरुवा रोपिएको हो ।LNP

एक कर्मचारी एक फलफुलको विरुवा कार्यक्रम अन्तरगत दुई सय दुई वटा फलफुलको विरुवा रोपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक सय वटा कागती, ६७ वटा अंगुर र ३५ वटा अन्जिरको विरुवा रोपिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । अहिले रोपिएका विरुवाको संरक्षणमा विशेष ध्यान दिने उनले बताए । ‘हामीले अहिले रोपेका विरुवा हुर्काउन निरन्तर ध्यान दिन्छौँ, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, रोपिएका विरुवा अर्को नेतृत्वलाई हस्तान्तरण गर्ने छौँ ।’ आगामी पाँच वर्षमा फलफुलको उत्पादन सुरु हुने प्रजिअ पौडेलले बताए । जैविक विविधता संरक्षणमा टेवा पु¥याउनका लागि निकुञ्जले प्रकाशन गरेको रेडपाण्डा तथा हिउँचितुवाको पोष्टर र रेडपाण्डाको स्टिकर प्रजिअ पौडेलले विमोचन गरेका छन् ।34383985_2109460069272036_6674317845851013120_n

त्यसै गरी जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको आयोजनामा जिल्ला वन हाताभित्रको जग्गामा  कागती, अंगुर र अन्जिरको गरी २५ वटा विरुवा रोपिएको जिल्ला वन कार्यालयले जनाएकाे छ । जिल्ला महासंघ पदाधिकारीहरु , जिल्ला वन कार्यालय प्रमुख , जिल्ला भू संरक्षणको प्रमुख हरिश्चन्द्र सापकोटालगायतका संरक्षणकर्मीहरुको सहभागितामा बिरुवा रोपिएको थियो । त्यस्तै गरी जिल्लाभर प्रहरी, कालिका, उत्तरगया, नौकुण्ड, गोसाईकुण्ड र आमाछोदिङमो गाउँ पालिका र बिभिन्न  वडा कार्यालयमा पनि बृक्षरोपण गरिएको खबर प्राप्त भएको छ ।

Comments

comments