एक हजार ३ सय २५ जना कोरोना संक्रमित

Rapid-Corona-Test

काठमाडौं, ४ असोज । नेपालमा थप १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।  आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमले देशभरमा २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हाजर १ सय २२ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेका छन्। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ पीसीआर परीक्षण भएसँगै जम्मा पीसीआर परीक्षणको संख्या ९ लाख १४ हजार २९० पुगेको छ। नेपालमा आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको छ।

Comments

comments