रसुवामा २ हजार भन्दा बढी जेष्ठ नागरिकलाई कोरोना भाइरस (काेभिड-१९) विरुद्धको खोप लगाउन सुरू भएको छ । दोस्रो चरण अन्तर्गत आइतबारदेखि ६५ वर्ष माथिका २ हजार १ सय ७० जेष्ठ नागरिकलाई खोप लगाइने भएको हो ।
बिरुद्ध जिल्लाका जेष्ठ नागरिकलाई खोप लागाउन सुरुभएको छ । आइतबारदेखि जिल्लामा दास्रो चरणको खोप लगाउन सुरु भएको हो । जिल्लामा अग्रपङतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सरकारी कर्मचारीलाई यसअघि १ हजार ७ जनाले खोप पाएका छन् । अहिले २ हजार १ सय ७० डोज खोप प्राप्त भएकोमा २ हजार जेष्ठ नागरिकलाई खोप लागाउन लागिएको स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठले बताउनुभयो । १८ वटा स्वास्थ्य संस्था मार्फत ६१ वटा खोप केन्द्रमा खोप लाउने जानकारी दिइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाल र जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्टले आफ्नो धारणा राख्नुभयो ।
कोरोना मुक्त जिल्ला बनिसकेको छ । पछिल्लो रसुवामा समय कोरोनाको नयाँ संक्रमित फेला परेका छैनन् भने पहिले संक्रमित भएका सबै जना निको भइसकेका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा हालसम्म १ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा सबै जना निको भएका हुन् । हालसम्म गोसाइँकुण्ड गाउँपालिकामा ३५, आमाछोदिङ्मोमा १३, कालिकामा ५४, उत्तरगयामा ३७, नौकुण्डका २२ र बाहिरी जिल्लाका २१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्लामा हालसम्म १ हजार ८ सय २६ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय ४ नेगेटिभ र १ सय ८२ पोजेटिभ आएको थियो ।
Related Posts
- नि:शुल्क आँखा शिविरबाट ६८ जनाकाे आँखा जाँच तथा औषधि उपचार
- कोरोना संक्रमण ६८ हजार ६ सय ६८ जनामा, ५ सय ७८ जनाको मृत्यु
- रसुवा सहित सात जिल्ला कोरोना संक्रमण मुक्त
- संक्रमितको सम्पर्कमा आएकाहरूमा कोरोना नसरेको पुष्टि
- नेपालमा आज ७ सय ४३ जनामा कोरोना कुल ३२ हजार नाघ्याे
- बन्दाबन्दीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्य राहत नपाएको गुनासो