४५ औ खुल्ला दिशा मुक्त जिल्ला बन्यो रसुवा

IMG_4231

रसुवा, पुस १६ गते । देशभर अभियानकै रुपमा खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने क्रममा रसुवा जिल्ला मुलुककै ४५ औ खुल्ला दिशा मुक्त जिल्ला घोषणा भएको छ  ।odf rasuwa atithi

प्रमुख अतिथि संघीय मामीला तथा स्थानीय विकास मन्त्रायका सचिव दिनेशकुमार थपालियाले एक कार्यक्रमका बीच रसुवा जिल्ला खुलला दिशामुक्त घोषणा गर्नुभयो । उहाँले सकरात्मक दृष्टिकोणले मात्र परिवर्तन सम्भव रहेकोले नाराका लागि नभई सरसफाई अभियान निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो वातावरणको बेपर्वाह विकास गर्ने चलन त्यागेर प्लाष्टिक जन्य र बिभिन्न किसिमका फोहोर न्युनिकरण गरेर समुदाय स्वथ्य हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कुलप्रसाद भट्ट, जिल्ला समन्वय अधिकारी राजेन्द्रदेव पाण्डे , प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, जिल्ला खानेपानी तथा सरसफाई डिभिजनका प्रमुख मनिसकुमार राजलगायतका बक्ताले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा पाँच गाउँ पालिका रहेको रसुवामा ५ सय ९३ परिवारले साझा चर्पी उपयोग गरेको र ११ हजार ४ सय ३६ परिवार मध्ये १० हजार ८ सय ४३ परिवारमा चर्पी बनेको तथ्यांक पेस गरिएको थियो ।

जिल्लामा करिब साढे २ वर्षमा नै ७८ प्रतिशत घरमा शौचालय निर्माण भएर प्रयोगमा आउनु खुशीको कुरा रहेको जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष समेत रहेका भट्टले बताउनुभयो । “भूकम्प जानुभन्दा अघि ७४ प्रतिशत शौचालय निर्माण भइसकेको थियो, भूकम्पले ५२ प्रतिशत शौचालय भत्कियो ।” उहाँले भन्नुभयो । भूकम्पपछिको साढे दुई वर्षमा जिल्लामा करिब २७ प्रतिशत निजी आवास निर्माण भएपनि शौचालय भने शतप्रतिशत बनेको छ ।

सरसफाइ तथा स्वच्छता समन्वय समितिका सम्पर्क व्यक्ति लिलानाथ नेपालका अनुसार २०७१ चैत मसान्तसम्ममा बृद्धिम, टिमुरे, धुन्चे र यार्सा खुला दिसाम्ुक्त घोषणा गरिएको थियो । गोल्जुङ, धैवुङ, लहरेपौवा, डाँडागाउँ र ठूलोगाउँ गरी ५ वटा साविकका गाविसहरु खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा पुगेका बेलामा भूकम्पले क्षति गरेको उहाँको भनाई थियो ।

भूकम्प गएपछि खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्न जिल्ला भित्रिएका संघसंस्थाले अभियान सञ्चालनमा सहयोग पु¥याएका कारण अभियान सफल भएको हो ।

पत्रकारहरु सम्मानित

सरसफाई अभियानमा समाचार सम्प्रेषण गरी योगदान गरेको भन्दै खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुलाई सम्मानपत्र तथा माला लगाएर सम्मनीत गरिएको छ ।IMG_4231

नेपाल पत्रकार महासंघ अध्यक्ष तथा गोरखापत्रकर्मी हेमनाथ खतिवडा, नेपाल पत्रकार महासंघ उपाध्यक्ष तथा रसुवा खबर अनलाईनका सम्पादक प्रेम पौडेल, नागरिक दैनिकका हिमनाथ देवकोटा, नेपाल टेलिभिजनका सुशील कोईराला, कान्तिपुरका बलराम घिमिरे, नयाँ पत्रिकाका अनु आचार्य, एबिसी टिभीका तारानाथ न्यौपाने, राससका ज्ञानेन्द्र न्यौपाने, पत्रकारहरु सरस्वती न्यौपाने, रेडियो रसुवा, रेडियो लाङटाङ, रेडियो गोसाईकुण्ड, सरसफाई अभियानमा सहयोग गर्ने बिभिन्न संघ संस्थाहरुलाई समेत कार्यक्रमका प्रमुख अतिथि संघीय मामीला तथा स्थानीय विकास मन्त्रायका सचिव दिनेशकुमार थपालिया र जिल्ला समन्वय समितिका सभापति कुलप्रसाद भट्टले संयुक्त रुपमा सम्मानपत्रद्धारा सम्मानीत गर्नुभएको थियो । बजारमा धेरै ठाउँमा सार्वजनिक शौचालय बनाएर व्यवस्थापन गरेपछि मात्र घोषणा सार्थकता हुने  र यार्सालगायत ठाउँमा अझ शौचालय नबनेको , शौचालय नभएको गोठमा बसेकाे गुनासो पनि सुनिन्छ   ।

Comments

comments