५५ जना काँग्रेस परित्याग गरी नेकपामा

cpn
रसुवाकाे सदरमुकाम धुन्चे स्थित गाेसाइकुण्ड गाउँपालिका वडा नं ६ धुन्चेबाट नेपाली काँग्रेसमा क्रियाशील युवाहरू नेकपामा प्रबेश गरेका छन् । धुञ्चेकाे नागुमा आज आयोजित नेकपा पार्टी प्रवेश कार्यक्रममा उनीहरू प्रबेश गरेका हुन् ।

जिल्ला नेतृत्वको कार्यशैलीप्रति असन्तृष्टी जनाउँदै सयौंका संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् ।काग्रेसको जिल्ला सभापति पेम्वा तमाङ,संघीय सांसद मोहन आचार्यहरुको अहिले जिल्लामा ज्यादती चुलिएको छ । उनीहरुले कांग्रेसमै लागेर केश फुलाएका पूराना र इमान्दार नेता कार्यकर्ताहरुलाई वाइपास गरी हालैंमात्र कांग्रेस बनेकाहरुलाई अवसर दिएसँगै जिल्लाका पूराना कांग्रेसी नेता कार्यकर्ताहरुलाई चिढिएका छन् ।

जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा आज आयोजित एक कार्यक्रमबीच सोही पालिकाका कांग्रेसप्रति आस्थावान नेता तथा कार्यकर्ताहरु नेकपा पार्टीमा प्रवेश गरेका हुन् । सदरमुकाम धुञ्चेमा आज आयोजित नेकपा पार्टी प्रवेश कार्यक्रममा कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । पासाङ शेर्पा र सुक बहादुर सिन्तेनको नेतृत्वमा ५५ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको हुन् । नवप्रबेशीहरूलाइ नेकपा रसुवाका अध्यक्ष कर्न्याल लामा, नेकपा नेता तथा संबिधान सभा सदस्य छाेवाङतेन्जिङ तामाङ, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङलगायत जनप्रतिनिधी सहभागीले स्वागत गर्नुभयाे ।

Comments

comments