६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–६ का २२ वर्षीय यामप्रसाद भट्टराईलाई प्रहरीले पुस २५ गते धुन्चेबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई पुस २५ गते बिहान १० बजे आफ्नै कोठामा लगि बलात्कार गरेको भन्दै पीडितकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा आरोपित भट्टराईविरुद्ध उजुरी दिएको डिएसपी इन्द्र सुवेदीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २५ गते धुन्चे अस्पतालमा गरिएको छ ।
आरोपित भट्टराईविरुद्ध करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पुस २६ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमती प्रदान भई घटनासम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Related Posts
- उत्तरगया धर्मिक क्षेत्रकाे विकासका लागि भारतिय अधिकार भेटघाट
- मनकारी”मिरा”
- नेपालमा सामाजिक न्यायकाे मुद्दा सामुहिक रुपमा उठाउनु पर्ने माग
- दुवै मृगौला समस्या उपचारमा सहयोगको लागि खनाल परिवारकाे अपिल
- ट्रिपरको ठक्करबाट मृत्यु भएको घटना छानविन गर्न माग
- नेपाल पत्रकार महासंघ रसुवाकाे पाँचाैं साधारणसभामा ३ संस्था सम्मानित